• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्र मन्त्रालयसँग सम्बन्धित समस्याहरुको समाधान गर्न मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण ★   गण्डकी सरकारमा एमालेका २ मन्त्री थपिए ★   मुस्ताङका च्याङग्राको भुवा परीक्षण ★   चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने ★   जब १० घण्टासम्म दुर्घन्धित फोहोरको थुप्रो अगाडि उभिए धनुष ★   सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा ★   प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म ★   टी–२० विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने ★   भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द ★   सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घ अवार्ड

सन्दीपको अर्को पेशी असार २९ मा, भोलि नै दक्षिण अफ्रिका पठाउने तयारी



फाईल फोटो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौँले उनीविरुद्दको मुद्दाको पेशी असार २९ लाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई भोलि नै दक्षिण अफ्रिका पठाउन लागेको हो ।

राष्ट्रिय क्रिकेट टोली भने मंगलबार नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप उक्त टोलीमा छुटेका थिए । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप रोकिएका हुन् ।

सन्दीपका वकिलहरूले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेसँगै सन्दीपलाई दक्षिण अफ्रिका जाने बाटो खुलेको हो ।

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्दैछ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा नेपालले भाग लिने छ ।

महत्त्वपूर्ण प्रतियोगितामा सन्दीप छुट्दा नेपालका लागि महँगो पर्न सक्ने थियो । त्यसैले क्यानले उनलाई लैजान आवश्यक पहल गरिरहेको थियो ।

असार २९ गतेभन्दा अगाडि पेशी नतोकिने भएकाले सन्दीपले जिम्बाबेमा क्वालिफायर खेल्न भ्याउनेछन् । क्यानका प्रवक्ता दुर्गाराज पाठकले सन्दीपलाई भोलि नै पठाउने गरी आवश्यक तयारी गरिएको बताए ।