• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
Latest
★   काफल बेचेर मनग्य आम्दानी ★   काठमाडौं–तराई/मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न ★   आफूखुसी औषधि सेवन घातक ★   १ अर्ब बजेट विनियोजन गर्नका लागि प्रधानमन्त्रीसँग सांसद प्रेमबहादुर आलेको आग्रह ★   पर्यटनविज्ञ अभिषेक विक्रम शाह हिमालयन युवा उद्यमीबाट सम्मानित ★   दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु ★   संसदलाई समस्या समाधानको थलो बनाऔँः सभामुख घिमिरे ★   जसपा, नेपालले सरकारलाई दिएको समर्थनले निरन्तरता पाउँछः मनिष सुमन ★   चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक ★   राष्ट्रिय सुरक्षाका लागि समन्वय र साझा बुझाइ हुनुपर्छः रक्षामन्त्री उप्रेती

युनाइटेडलाई हराउँदै सिटीले जित्यो एफए कपको उपाधि



लण्डन । एफए कपको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । भर्खरै सम्पन्न खेलमा सिटीले शहरी प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई २–१ गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।

लण्डनको वेम्बले मैदानमा भएको फाइनलमा सिटीलाई उपाधि दिलाउन इल्काए गुन्डोवानले दुबै गोल गरे भने युनाइटेडका ब्रुनो फनान्डेजले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा नै गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई १–१ को बराबरीमा ल्याए । डी–बक्सभित्र सिटीका ज्याक ग्रिलिसको ह्याण्ड बल भएपछि युनाइटेडले पेनाल्टीका पाएको थियो । खेलको ५१ औं मिनेटमा गुन्डोवानले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र सिटी च्याम्पियन बन्यो । जारी सिजनको प्रिमियर लिग उपाधि समेत जितेको सिटी च्याम्पियन्स लिगको फाइनल खेल्न बाँकी छ । च्याम्पियन्स लिग पनि जितेमा सिटीले ‘ट्रेबल’ उठाउनेछ ।