२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझाको प्रवक्तामा प्रधान



अ+ अ-

काठमाडौँ । विवेकशील साझा पार्टीको प्रवक्तामा आशुतोष प्रधान चयन भएका छन् । शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य समेत रहेका प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो ।

विवेकशील साझा पार्टीका नवनियुक्त प्रवक्ता प्रधान पर्यटन उद्यमी हुन् । त्रिभुवन विश्वविद्यालयमा ‘संस्कृति पर्यटन’का पीएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलतापूर्वक सम्पन्न गरिसकेको पार्टीले जनाएको छ ।

उनी तनहुँको बन्दीपुरका स्थायी बासिन्दा हुन् ।