२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न सभामुखको निर्देशन



file
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

उहाँले अहिले ठेक्का प्राप्त समयको हिसावले काम कम भएको बताउनु भयो । उहाँले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतका प्रतिकुलतालाई अनुकुलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘समयको हिसावले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै । यो राष्ट्रको आवश्यक्ता हो । हिजोका प्रतिकुलतालाई अब अनुकुलतामा बदलेर समयमा नै काम सक्नुपर्छ । अब अनुकुलता सबै ठाउँमा छ । यसले अब समयमा नै काम सकिन्छ ।’

सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहेपनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताउनु भयो । उहाँले सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यक्तालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनु भन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड हुुनपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले समयमा नै काम सक्नुपर्छ, अहिले देशको अर्थतन्त्र त्यति गतिलो छैन । हामीले कतिपय ठाउँमा पेमेण्ट गर्न नसकेर ठेकेदारहरु त्यत्तिकै बसेका छन्, तर यहाँ त कुनै पेमेण्टको समस्या नै छैन भनेपछि काम समयमा नै सक्नुपर्छ । संसदका कर्मचारीहरुले बिहानदेखि काम गर्दा खाजा खान नपाएको कुरामा नै आज हामी छलफल गर्दैछौँ । देशको आर्थिक संकट यस्तो छ । कर्मचारीहरुले यस्तो व्यहोरेर भएपनि कसरी काम चलाउने भन्नेकुरा छ । एकले अर्कोलदाई दोष नदेखाऔँ । साझा दायित्वका रुपमा काम गरौँ । ६३ प्रतिशत बल्ल पुगेको छ । समग्रमा ५० प्रतिशतमा छौँ ।’