• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. गौतम र पुर्वान्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. थपलिया नियुक्त ★   विदेश पठाइदिन्छु भन्दै ४२२ जनालाई ठगि गर्ने गिरोह पक्राउ ★   च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्दै ★   तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य ★   ट्राउट माछाको हब बन्दै र्यालेको मानेदोभान ★   आईएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने ★   रोहितको कप्तानीमा टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, शुभमन गिल र रिंकु सिंह परेनन् ★   उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छ: केपी ओली ★   इलामवासीको विश्वास र भरोसा मर्न दिनेछैन – सुहाङ ★   प्रमाणपत्र ग्रहणपछि सुहाङले भने – तपाईँहरुको शीर कहिल्यै पनि झुक्न दिनेछैन

संसदमा सुमनाले पागलपन भनेपछि रामहरीको आपत्ति, रेकर्डबाट हटाउन माग



काठमाडौं । संसदमा बोल्ने क्रममा रास्वपा सांसद सुमना श्रेष्ठले पागलपन भनेपछि कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन्।

संघीय संसदको संयुक्त बैठकमा सुमनाले बोलेको पागलपन शब्द संसदीय मान्यताभित्र नपर्ने सांसद खतिवडाले तर्क राखे।

‘काम गर्ने तरिका नफेर्ने, तर नजिता बेग्लै चाहिने कुरा पागलपनको डेफिनेसबाहेक केही होइन। नीति तथा कार्यक्रम कर्मकाण्डी भयो भनेर प्रधानमन्त्रीले हिजो यही रोष्ट्रमबाट भन्नुभयो’, बैठकमा बोल्ने क्रममा सुमनाले भनिन् ।

सुमनाको उक्त भनाई पश्चात सांसद खतिवडाले आपत्ति जनाउदै भने, ‘संसदीय व्यवस्थामा हामी संसदीय मर्यादा अनुसार हामी चल्नुपर्छ। सबै शब्द चयन संसदीय व्यवस्थालाई हेरेर गरौँ। पागल र पागलपन संसदीय शब्द होइन। यसलाई रेकर्डबाट हटाइयोस्।’

सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको बताए पनि रेकर्डबाट उक्त शब्द हटाउन अस्वीकार गरे। ‘उहाँले उपमा दिनुभएको छ। कसैलाई पागल भन्नुभएको छैन। त्यस कारण यस्ता कुरालाई ध्यान राख्नुस्’उनले भने ।