• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   आईपीएल प्लेअफमा वर्षाले खेल रोकिएमा के हुन्छ ? ★   नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी ★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्दै



काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा आज मंगलबारदेखि सेमिफाइनलका खेलहरु सुरु हुँदैछन् ।

आज मध्यरातमा जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब रियल मड्रिडबीच खेल हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार मध्यरातमा (१२ः४५ बजे) सुरु हुनेछ ।

सेमिफाइनलको पहिलो लेग आज बायर्नको घरेलु मैदान एलियान्ज एरिनामा हुनेछ भने दोस्रो लेग रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा अर्को हप्ता हुनेछ ।

क्वाटरफाइनलमा बायर्नले आर्सनललाई तथा रियलले म्यान्चेस्टर सिटीलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

फाइनल खेल जुन २ मा लण्डनको वेम्बले स्टेडियममा हुनेछ । अर्को सेमिफाइनल टोली पेरिस सेन्ट जर्मेन र बोरुसिया डर्टमण्डबीच भोलि खेल हुँदैछ ।