• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   कोशीका मुख्यमन्त्री कार्कीद्वारा अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र पेश ★   दुर्घटनाका घाइते भन्छन्- गाडी पार्किङ गर्न खोज्दा पल्टियो ★   टी–२० विश्वकपका लागि अन्तिम टोली आजै घोषणा गर्ने भारतको तयारी ★   उपनिर्वाचनले एमाले जनताको भरपर्दो राजनीतिक शक्ति हो भन्ने पुष्टि गर्‍यो: विष्णु रिमाल ★   ‘सिधा कुरा’माथि सर्वोच्चको आदेशलाई लिएर पत्रकार महासंघको चासो ★   कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु ★   गोदावरीमा डढेलो निभाउने क्रममा दुई जना घाइते ★   नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिकाको विश्वकप खेल्ने बलियो टोली घोषणा ★   विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति , इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भयो ★   दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

संसदमा सुमनाले पागलपन भनेपछि रामहरीको आपत्ति, रेकर्डबाट हटाउन माग



काठमाडौं । संसदमा बोल्ने क्रममा रास्वपा सांसद सुमना श्रेष्ठले पागलपन भनेपछि कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन्।

संघीय संसदको संयुक्त बैठकमा सुमनाले बोलेको पागलपन शब्द संसदीय मान्यताभित्र नपर्ने सांसद खतिवडाले तर्क राखे।

‘काम गर्ने तरिका नफेर्ने, तर नजिता बेग्लै चाहिने कुरा पागलपनको डेफिनेसबाहेक केही होइन। नीति तथा कार्यक्रम कर्मकाण्डी भयो भनेर प्रधानमन्त्रीले हिजो यही रोष्ट्रमबाट भन्नुभयो’, बैठकमा बोल्ने क्रममा सुमनाले भनिन् ।

सुमनाको उक्त भनाई पश्चात सांसद खतिवडाले आपत्ति जनाउदै भने, ‘संसदीय व्यवस्थामा हामी संसदीय मर्यादा अनुसार हामी चल्नुपर्छ। सबै शब्द चयन संसदीय व्यवस्थालाई हेरेर गरौँ। पागल र पागलपन संसदीय शब्द होइन। यसलाई रेकर्डबाट हटाइयोस्।’

सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको बताए पनि रेकर्डबाट उक्त शब्द हटाउन अस्वीकार गरे। ‘उहाँले उपमा दिनुभएको छ। कसैलाई पागल भन्नुभएको छैन। त्यस कारण यस्ता कुरालाई ध्यान राख्नुस्’उनले भने ।