१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

उपनिर्वाचनले एमाले जनताको भरपर्दो राजनीतिक शक्ति हो भन्ने पुष्टि गर्‍यो: विष्णु रिमाल

उपनिर्वाचनले एमाले जनताको भरपर्दो राजनीतिक शक्ति हो भन्ने पुष्टि गर्‍यो: विष्णु रिमाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले उपनिर्वाचनले आफ्नो पार्टी नेपाली जनताको सबैभन्दा भरपर्दो शक्ति भएको सन्देश दिएको बताउनुभएको छ ।

इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी भएलगत्तै उहाँले सो प्रतिक्रिया दिनुभएको हो । मंगलबार अपरान्ह पार्टी मुख्यालय च्यासलमा न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उपमहासचिव रिमालले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पनि एमालेले लिएको अडानलाई जनताले अनुमोदन गरेको तर्क गर्नुभयो ।

कोशी प्रदेशको नामाकरण गलत भन्नेहरु, त्यस सन्दर्भमा चपाएर बोल्नेहरु उपनिर्वाचनमा हारेको र कोशी प्रदेश नामाकरण ठिक छ भन्ने एमालेको एजेण्डालाई उपनिर्वाचनमार्फत जनताले अनुमोदन गरेको उहाँको भनाई थियो । उपमहासचिव रिमालले उपनिर्वाचनको मत परिणाम सहज र उत्साहजनक रुपमा आएको उल्लेख गर्दै एमालेले भन्दै आएको एजेण्डाको आधारमा दलहरुलाई जनताले चुन्न पाउनुपर्छ भन्ने अडान पनि उपनिर्वाचनले सही छ भन्ने सन्देश दिएको जिकिर गर्नुभयो । उहाँले उपनिर्वाचनले सुदूरपश्चिम प्रदेश सरकार स्थिर हुने सम्भावना बढेर गएको र पूर्वमा एकल जातीय पहिचानको अर्थहीन बहस र विवाद अन्त्य हुने अवस्था आएको बताउनु भयो ।

उपमहासचिव रिमालले भन्नुभयो, ‘पहिलो कुरा त एमालेको शक्ति क्षय भएको छ कि छैन ? भनेर मान्छेले क्वेशन गर्थे । इलाम हामीले जितेको ठाउँ हो । र बझाङ हामीले हारेको ठाउँ हो । दुवै ठाउँमा जित्नुको अर्थ के हो भने इलाममा कम्तिमा पनि हामी जहाँको त्यहीँ छौं भन्ने बुझिनै हालियो । त्यसमाथि बझाङमा हामीले नयाँ प्राप्त गर्‍यांै । त्यो हिसावले एमालेको शक्ति वृद्धि भएको त्यसले बुझाउँछ । इलामकै सन्दर्भमा पनि पहिलाको तुलनामा भोटको मार्जिन जुन बढेको छ । त्यसले पपुलर सर्पोट एमालेका पक्षमा छ भन्ने बझाउँछ । यो दुई वटा चाँही सामान्य सन्देश हो । त्यो भन्दा परको सन्देश चाहीँ के हो भने एमालेले सधैंभरी पार्टीहरुले जनतालाई विकल्प दिनुपर्छ । विषयमा आधारित, मुद्दामा आधारित चुनाव लडनु पर्छ । दल छान्ने अधिकार चाहीँ जनतालाई दिनु पर्छ । कुन एजेण्डामा दलहरु चुनाव लड्दैछन ? त्यसको आधारमा चाहीँ भोट हाल्ने वा नहाल्ने भन्ने अधिकार जनतालाई हुनुपर्छ भन्दै आयो । विगत केही समयदेखि चाहीँ दलहरुको सिन्डीकेट खडा गरेर हामी त बलियो भयौ है भन्दै जनतालाई एक किसिमले बन्धक बनाउने तरिकाले मतलाई दिग्भ्रमित गर्ने काम भईरहेको थियो । त्यो चाहीँ यो पटकको चुनावबाट खण्डित भएको छ । र हामीले भन्दै आएको, एमालेले भन्दै आएको यदि एजेण्डा च्वाईस गरेर चुनावमा भोट हाल्न पाए भने जनताले ठिक चयन गर्छन् । र जनताको चयन चाँही सही हुन्छ भन्नेकुरा फेरि पनि पुष्टि भएको छ ।

तेस्रो विषय चाहीँ भर्खरै सम्पन्न भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पनि एमालेलाई निर्णायक बलियो राष्ट्रिय शक्तिको रुपमा अगाडि बढाउनु पर्छ भनेका थियौं । निर्णायक राष्ट्रिय शक्ति एमालेलाई बनाउनु पर्छ भन्दाखेरी एमाले मात्रैलाई बलियो बनाउनु पर्छ भनेका थिएनौं । एमाले त आफैँमा बलियो छँदैछ । एमालेका वरिपरी केन्द्रितकृत हुन सक्ने र ध्रुवीकृत हुनसक्ने राष्ट्रलाई माया गर्ने शक्तिहरु एक ठाउँमा आउनु पर्छ भन्ने हाम्रो तर्क हो । त्यसो हुँदाखेरी कतिपय ठाउँमा हामी प्रतिस्पर्धामा रहँदारहँदै पनि विभिन्न फरक दलमा रहेका साथीहरुले पनि हामीलाई मत दिनु भयो । र, एमालेलाई जिताउनु उचित हुन्छ भन्ने ठान्नुभयो । जसको कारणले गर्दाखेरी चाहीँ यो परिणाम सहज र एकदम उत्साहजनक आउन गयो । र एमालेले निर्णायक राष्ट्रिय शक्तिमार्फत मुलुकका विकास गर्नसक्ने र राजनीतिक स्थिरता दिनसक्ने भन्ने कुरामा चाहीँ जन अनुमोदन भयो भन्ने हामी ठान्दछांै । त्यस्तै अब कोशीकै सन्दर्भमा हेर्ने हो भने इलामको सन्दर्भमा त यो जनमत संग्रह हो पनि भन्दैथिए मान्छेहरुले । हामीले सबै जातजाति, भाषाभाषीको साझा पहिचानको कुरा गर्दै आएका थियौं । केही साथीहरुले चाँही एकल जातीय पहिचानको कुरा गर्दै आउनुभएको थियो ।

हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक देशमा सबै जातजाति, भाषाभाषी जनजातिहरुको समान सम्मान हुनुपर्छ भन्ने हाम्रो मत सही थियो । त्यसै कारणले गर्दाखेरी कोशी प्रदेश नामाकरणमा हामीले साझा नाम कोशी राखेका थियौं । जसले कोशी गलत छ भन्नुभयो, उहाँहरु धेरै तल पर्नुभयो । जसले कोशीको सन्दर्भमा चपाएर बोल्नुभयो । उहाँहरु पनि हार्नु भयो । जसले कोशी राख्नु ठिक थियो भन्ठान्यो । त्यो चाँही अनुमोदित भयो । त्यो कारणले गर्दाखेरी कोशी प्रदेशको सन्दर्भमा त यो जनमत संग्रहमा पनि एमालेले आफूले पक्षपोषण गरेको विषय चाँही ठिक रहेछ भन्ने पुष्टि गर्नसक्यो । त्यसकारणले गर्दा यो उपनिर्वाचनले २/३ वटा म्यासेज र २/३ वटा निर्णायक काम गरेको छ । सुदूरपश्चिममा सरकार स्थिर हुनसक्ने सम्भावना दिएको छ । किनभने एउटा सिटले गर्दाखेरी हामीले एक सिट जित्न साथै सुदूरपश्चिममा सरकारको स्थिर हुने सम्भावना बढेर गएको छ । पूर्वमा हेर्दाखेरी जुन कृतिम ढंगको बहस र विवाद थियो । त्यो अव अन्त्य हुने दिशातर्फ गएको छ । र एमालेले मिसन २०८४ भनिरहँदाखेरी एमालेलाई भर पर्न उचित होला नि नहोला ? अरु पो छन् कि भरपर्दा भन्ने हिसावले जनतामा आउन सक्ने एक किसिमको दुविधालाई चाहीँ यो निर्वाचनले चाहीँ एमाले भरपर्दो शक्ति हो । र, मिशन २०८४ त्यही तरिकाले पूरा गर्नुपर्छ भन्ने कुरालाई चाहीँ यसले दिएको सन्देश हो जस्तो लाग्छ ।’

उपमहासचिव रिमालले काँग्रेस र एमालेबीच तत्काल सत्ता सहकार्य हुने सम्भावना नरहेको बताउनु भयो । उहाँले एमालेले चाहने भने भने शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएपनि त्यसो गर्न जरुरी नरहेको बताउनु भयो ।

उपमहासचिव रिमालले भन्नुभयो, ‘तत्कालका लागि काँग्रेससँग सत्ता सहकार्यको सम्भावना छैन । हामी एउटा समिकरणमा छौं, काँग्रेसहरुले पहिला समिकरण बनाए । अहिले यतिखेर चाँही त्यो सम्भावना छैन । अहिले एमाले र काँग्रेसबीच नयाँ समिकरण बन्दै बन्दैन । अहिले एमालेले चाहेर बनाउने भनेको के हो भने शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउने हो । त्यो हामीलाई के जरुरी छ र ? त्यो जरुरी नै छैन नि ।’

उपमहासचिव रिमालले एमाले वर्तमान सत्ता समिकरणलाई पूरै कार्यकाल कामयै राखेर अघि बढ्न लागिपर्ने बताउनु भयो ।