• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिकाको विश्वकप खेल्ने बलियो टोली घोषणा ★   विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति , इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भयो ★   दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास ★   मिलनले दिए सुहाङलाई बधाई ★   ओलीले दिए सुहाङलाई बधाई – फोटोफिचर ★   भक्तपुरमा कार र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु ★   दक्षिण कोरियाबाट फर्किएका नेपालीको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने ★   मुस्ताङ बस दुर्घटनामा लिवर्टी कलेजका २१ विद्यार्थी घाइते ★   पाल्तु बिरालोले घरमा लगायो आगो, लाखौं रुपैयाँ बराबरको सामान जलेर खरानी ★   २०२३ मा अस्ट्रेलियालीहरु बढी ठगिए, ठगीबाट हुने घाटा कम

संसदमा सुमनाले पागलपन भनेपछि रामहरीको आपत्ति, रेकर्डबाट हटाउन माग



काठमाडौं । संसदमा बोल्ने क्रममा रास्वपा सांसद सुमना श्रेष्ठले पागलपन भनेपछि कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन्।

संघीय संसदको संयुक्त बैठकमा सुमनाले बोलेको पागलपन शब्द संसदीय मान्यताभित्र नपर्ने सांसद खतिवडाले तर्क राखे।

‘काम गर्ने तरिका नफेर्ने, तर नजिता बेग्लै चाहिने कुरा पागलपनको डेफिनेसबाहेक केही होइन। नीति तथा कार्यक्रम कर्मकाण्डी भयो भनेर प्रधानमन्त्रीले हिजो यही रोष्ट्रमबाट भन्नुभयो’, बैठकमा बोल्ने क्रममा सुमनाले भनिन् ।

सुमनाको उक्त भनाई पश्चात सांसद खतिवडाले आपत्ति जनाउदै भने, ‘संसदीय व्यवस्थामा हामी संसदीय मर्यादा अनुसार हामी चल्नुपर्छ। सबै शब्द चयन संसदीय व्यवस्थालाई हेरेर गरौँ। पागल र पागलपन संसदीय शब्द होइन। यसलाई रेकर्डबाट हटाइयोस्।’

सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको बताए पनि रेकर्डबाट उक्त शब्द हटाउन अस्वीकार गरे। ‘उहाँले उपमा दिनुभएको छ। कसैलाई पागल भन्नुभएको छैन। त्यस कारण यस्ता कुरालाई ध्यान राख्नुस्’उनले भने ।