१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

दक्षिण कोरियाबाट फर्किएका नेपालीको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने

दक्षिण कोरियाबाट फर्किएका नेपालीको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने
अ अ+ अ-

काठमाडौँ । कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया गइ फर्किएका रिटर्नीहरुको उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको छ ।

मंगलवार ललितपुरमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराइएको हो । के हामी परियोजनाले सञ्चालन गर्ने अभिमुखीकरण कार्यक्रममा काईकाको लगानी रहेको छ । कोरियामा रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया गइ फर्किएका रिटर्नीहरुको उद्यमशीलता विकास गरी स्थायी पुन: एकीकरणको माध्यमबाट नेपालको सामाजिक, आर्थि विकासमा योगदान पुर्‍याउने उद्देश्यअनुरुप प्रथम पुन: एकीकरण तथा अभिमुखीकरण तालिम दिने भएको हो ।

कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले इपिएस कोरियामार्फत कोरियाले नेपालीहरुलाई उल्लेखनीय रोजगारी उपलब्ध गराएको बताउनु भयो । उहाँले यो कार्यक्रमले कोरियामा रोजगारी गरेर फर्किएका नेपालीहरुलाई स्वदेशमै रोजगारीका अवसर र सुखद् जीवनका लागि अग्रसरता देखाएको बताउनु भयो । उहाँले नेपाल र कोरिया सरकारको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रमले धेरै नेपालीहरुलाई सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इपिएस कोरियामार्फत नेपाली दिदिबहिनी दाजुभाईहरुलाई कोरियाले उल्लेखनीय रोजगारी उपलब्ध गराएको छ । यो प्रोजेक्टले कोरियामा रोजगारी गरेर फर्किएका नेपालीहरुलाई स्वदेशमै रोजगारीका अवसर र सुखद् जीवनका लागि अग्रसरता जुन देखाएको छ, यो आफैँमा महत्वपूर्ण छ । नेपाल र कोरिया सरकारको पार्टनरसिपमा नै यो प्रोजेक्ट सञ्चालन भएको थाहा पाउँदा खुशी लागेको छ । मेरो विचारमा यो प्रोजेक्टको उद्देश्य ह्याप्पी रिटर्न एण्ड प्रस्पोरस रिटर्नी हुनुपर्छ जस्तो लाग्छ । यहीँ केही गरौँ भन्ने रुपमा लिनुपर्छ ।’

उहाँले यो कार्यक्रममले दक्षिण कोरियाबाट काम गरी फर्किएका नेपालीहरुलाई खुशी बनाउने बताउनु भयो ।