२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्तु बिरालोले घरमा लगायो आगो, लाखौं रुपैयाँ बराबरको सामान जलेर खरानी



अ+ अ-

एजेन्सी । धेरै मानिसहरू घरपालुवा जनावरहरू मन पराउँछन् । मानिसहरूले कुकुर, बिरालो, खरायो र चराहरू लगायत धेरै जनावरहरू पाल्छन् । कहिलेकाहीँ यस्ता जनावरका कारण मानिसले ठूलो नोक्सानी बेहोर्नुपरेको छ ।

कयौं पटक यस्ता कारणले जनावरको मालिकको ज्यान पनि खतरामा पर्न सक्छ । यस्तै एउटा घटना चीनबाट बाहिर आएको छ, जहाँ एक महिलाले आफ्नो पाल्तु बिरालोको कारण ठूलो क्षति बेहोरेकी छिन् ।

वास्तवमा बिरालोका कारण महिलालाई १४ हजार डलर (नेपाली रुपैयाँमा १७ लाख बढी ) नोक्सान भएको छ । बिरालोले धेरै मानिसको ज्यान जोखिममा पार्ने काम गर्यो ।

अब तपाईको मनमा प्रश्न उठिरहेको हुनुपर्छ कि बिरालोले के गर्यो ? बिरालोले यस्तो काम गरेको छ, जसको बारेमा थाहा पाएर तपाई छक्क पर्नुहुनेछ ।

जिङ्गाउडियाओ नामको बिरालोले घरमा आगो लगाएको थियो, जसबाट करिब १७ लाख रुपैयाँ बराबरको सामान जलेर खरानी भएको थियो । भान्साकोठामा इन्डक्सन कुकर थियो, जसलाई बिरालोले अन गर्यो । जसका कारण घरमा आगो लागेको थियो ।

मिडिया रिपोर्टका अनुसार बिरालाको बच्चा र यसको मालिक डन्डनको ज्यान बचाइएको थियो । डन्डनले बिरालासँग सामाजिक सञ्जालमा लाइभ स्ट्रिम गरिन् , जहाँ उनले घटनाको विस्तृत विवरण दिइन् ।

अप्रिल ४ मा घरमा आगो लागेको र त्यही क्रममा आफू बाहिर निस्केको उनले बताइन् । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा उनको एउटा फ्ल्याट छ । उनको घरमा आगो लागेको बताइएको छ । घर पुगेपछि बिरालोले गर्दा दुर्घटना भएको थाहा भयो ।

मिडिया रिपोर्टका अनुसार बिरालो भान्सामा दौडिरहेको थियो । यसै क्रममा उसको खुट्टा कुकरको टच प्यानलमा पुग्यो र त्यो अन भयो । त्यसपछि घरमा आगो लाग्यो र डन्डनले १७ लाख रुपैयाँको क्षति बेहोर्नुपर्यो ।

जब फायर फाइटरहरू फ्ल्याटमा आइपुगे, बिरालो भान्साको दराजमा लुकेको थियो । त्यसपछि दमकलका कर्मचारीले उनलाई बाहिर निकालेका थिए । राम्रो कुरा यो थियो कि उ घाइते भएन, उसको शरीर मात्र खरानीले ढाकिएको थियो ।

लाइभ स्ट्रिमको क्रममा, डन्डनले ठट्टा गर्दै फायर फाइटरलाई बिरालालाई आगो सुरक्षा सुझावहरू सिकाउन आग्रह गरे । यसका लागि फायरम्यानले भने कि पहिलो पटक कसैले बिरालोलाई फायर सेफ्टी टिप्स दिन आग्रह गरेको छ । सामाजिक सञ्जालमा मानिसहरूले यसबारे धेरै प्रतिक्रिया दिइरहेका छन् ।