१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास
अ अ+ अ-

ढोरपाटन । बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्नुहुन्थ्यो । हिजोआज उहाँको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो । उहाँ अहिले हरेक दिन उद्यमशील महिला मगर संघले सञ्चालन गरेको दुना टपरी उद्योगमा बिताउनुहुन्छ ।

अचेल उहाँलाई उद्योगमा महिलाहरुसँग गफिँदै टपरी बन्दाबुन्दै समय बितेको पत्तै हुँदैन । दुई महिना अगाडि उद्यमशील महिला मगर संघले सञ्चालन गरेको टुना टपरी उद्योगमा अधबैसे र वृद्ध महिलाहरु भेटिन्छन् । उद्योगमा कोही टपरी बनाइरहेका भेटिन्छन् त कोही सिन्का चिरीरहेका हुन्छन् । उद्योगले महिलालाई स्वरोगार त बनाएको छ नै आत्मनिर्भरसमेत बनाइ रहेको छ ।

उद्योग सञ्चालनमा आएको छोटो समयमै दुनाटपरीको माग बढ्न थालेपछि महिलाहरुलाई भ्याइनभ्याइ छ । गत फागुनदेखि सञ्चालनमा आएको उद्योग महिलाहरुको गतिलो आयस्रोतको माध्यम बन्न थालेको छ । उद्योग सञ्चालनमा आएपछि वनमा खेर गएका सालका पातले पनि बजार पाउन थालेको छ । उद्योगमा २८ महिला आबद्ध छन् । विसं २०७६ देखि महिलाहरुले सङ्गठित भएर बङ्गुर पालन थालेका थिए ।

महिलाहरुले अघिल्लो वर्ष अफ्रिकन स्वाइन फिवर महामारीका कारण छ सय बङ्गुर मरेपछि दुनाटपरी उद्योग सञ्चालन गरेका हुन् । बङ्गुर मर्दा रु १५ लाख बढी नोक्सानी भएको थियो । उनीहरु बिहान बेलुका घरको काम गर्ने र फुर्सदको समय टपरी बुन्ने गर्छन् । महिलाहरुले सुरुवाती चरणमै दुई महिनाको अवधिमा करिब रु दुई लाख आम्दानीसमेत गरेका छन् ।

भद्रकलीले छोरी, बुहारी र नातीहरुसँगै दिनभर उद्योगमै बसेर टपरी बुन्नुहुन्छ । सुख, दु:खका मन्थन गर्दागर्दै दिन बितेको थाहै नहुने उहाँले बताउनुभयो । दुना टपरी बुन्दा समस्या नहुने हुँदा उद्योग र यहाँ काम गर्ने महिलाहरु आफ्नो सारथी बनेको भद्रकलीले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “दिन दिनै मोबाइल चलाउँदा आँखा दुख्ने, टाउको दुख्ने हुन्थ्यो, दिनभर घरमा बस्दा बस्दा दिक्क लाग्ने गथ्र्यो, अहिले यहाँ (उद्योगमा) धेरै नानीहरु आउँछन्, उनीहरुसँग कुराकानी गरेर टपरी बुन्छु, दिन बितेको थाहै हुँदैन, नानीहरुले धेरै राम्रो काम गरेका छन्, म बुढी मान्छे पनि आबद्ध भएको छु, काम गर्न त सक्दैन, त्यही पनि दुई/चार वटा टपरी बुन्छु, मेरो लागि त दिन बिताउने आधार बनेको छ, आम्दानी पनि हुन्छ ।”

सालको पातलाई बाँसको सिन्काले उनेर परम्परागत तरिकाबाट बनाउने दुना तथा टपरीलाई आधुनिक ढङ्गले उत्पादन गर्न थालिएको छ । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको हो । धार्मिक कार्यका लागि महत्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रयोजनमा समेत प्रयोगमा आउन थालेको छ । उद्योगमा आबद्ध सदस्य दिलमाया काउचाले नयाँ कामको सुरुवात भएको हुँदा सिक्दै स्वरोजगार बन्दै गरेको बताउनुभयो । उद्योग सञ्चालनमा नआउँदा यतिकै घरमा बस्ने गरेको भन्दै अहिले दैनिक उद्योगमा आएर काम गर्ने गरेको उहाँको भनाइ छ ।

“सुरुवाती चरणमा छौँ, अहिलेसम्म त धेरैले राम्रो भन्नुभएको छ, वन जंगलमा पुगेर पातहरु ल्याउँछौँ, बर्खाका लागि पनि अहिले नै पात ल्याएर गोदाममा राखेका छौँ, पानी पर्‍यो भने पात पाइँदैन पाइए पनि कुहिन्छ”, काउचाले भन्नुभयो, “उद्योगमा लागेपछि आयस्रोत पनि हुने भयो, पहिले टपरी बुन्नका लागि सिकेका थियौँ, अहिले आफै गर्न सक्ने भयौँ, महिला दिदीबहिनीहरु एक जुट भएपछि यो काम गर्न सहज भएको छ, विस्तारै फस्टाउँदै जाने विश्वास दिएका छौँ ।”

महिलाहरुले करिब रु तीन लाखको लागतमा दुना टपरी बनाउने मेसिनसमेत ल्याएका छन् । बागलुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । पछिल्लो समय सालका पातका दुना तथा टपरीमा रेष्टुराँका परिकार बिक्री गर्न थालिएपछि यसको माग निकै बढेको उद्यमशील महिला मगर संघकी अध्यक्ष बलकुमारी पुनले बताउनुभयो । दुना टपरीलाई रु तीनदेखि रु आठसम्ममा बिक्री गर्दै आएको उहाँको भनाइ छ । विसं २०७५ मै महिलाहरु एकताबद्ध भएर सिर्जनात्मक काम गर्दै आएकामा फागुनदेखि व्यावसायिक रुपमा दुना टपरी उत्पादनमा लागेको अध्यक्ष पुन बताउनुहुन्छ ।

खासगरी धार्मिक स्थल, पूजाआज गर्ने ठाउँ र सार्वजनिक कार्यक्रम हुने ठाउँबाट दुना टपरीको माग आउने गरेको उहाँको भनाइ छ । उद्योग सञ्चालनमा आएको दुई महिनामै धेरै ठाउँबाट मागसँगै हौसल थपिँदै गएपछि काम गर्न उर्जा थपिएको अध्यक्ष पुनले बताउनुभयो । उद्योगमा काम गर्ने महिलाहरुले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी गर्नसक्ने उहाँ बताउनुहुन्छ । हाल बजारीकरणमा कुनै समस्या नभएको भन्दै आयातित प्लास्टिकका सामग्रीलाई प्रतिबन्ध लगाउन सके स्थानीय उत्पादनले बजार पाउनसक्ने पुनको भनाइ छ ।

अध्यक्ष पुनले भन्नुभयो, “उद्यमशील महिला मगर संघले पाँच वर्ष अगाडि बङ्गुरपालन गरेका थियौँ, तर रोगले गर्दा सबै मरे, त्यस बेला हामीहरुले रु १६ लाखभन्दा बढी क्षति व्यहोर्नु पर्‍यो, त्यसपछि अहिले दुना टपरी उद्योग सञ्चालन गरेका छौँ, राम्रो हुँदै गएको छ, बेरोजगार दिदीबहिनीहरुले रोजगार पाएका छौँ, अहिले जसरी माग आइरहेको छ, त्यो मागलाई पूर्ति गर्नका लागि अझै धेरै कामदार चाहिन्छ, यद्यपी हामीहरुले अल्ली बढी समय दिएका छौँ, घरको काम धन्दा सकाएपछि बल्ल यहाँ आउँछौँ, धेरै तिरबाट माग आउँदा निकै उत्साहित भएर काम गरि रहेका छौँ ।” रासस