• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर

टी–२० विश्वकपका लागि अन्तिम टोली आजै घोषणा गर्ने भारतको तयारी



एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाह र मुख्य चयनकर्ता अजित आगरकर टी–२० विश्वकप २०२४ छनोटका लागि अहमदाबाद पुगेका छन् ।

पीटीआईका अनुसार छनोटका लागि बैठक सुरु भएको छ । प्रतियोगिताका लागि भारतीय टोलीको घोषणा आज हुने सम्भावना अधिक छ । आईसीसीले विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम मिति मे १ सम्मलाई दिएको छ ।

सन् २०२४ को टी–२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा जुन २ देखि २९ सम्म खेलाइनेछ । भारतीय टोलीले ५ जुनमा आयरल्याण्डसँगको खेलबाट विश्वकपको सुरुवात गर्नेछ ।

टी–२० विश्वकपको यो ९औँ संस्करण हो । डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड हो, यो टोलीले २०२२ मा पाकिस्तानलाई हराएर दोस्रो पटक उपाधि जितेको थियो । यसअघि सन् २०१० मा अष्ट्रेलियालाई हराउँदै टोलीले पहिलो पटक उपाधि जितेको थियो । वेस्ट इन्डिजले पनि २०१२ र २०१६ मा दुई पटक उपाधि जितेको छ । भारत, पाकिस्तान, अस्ट्रेलिया र श्रीलंकाले एक–एक पटक उपाधि जितेका छन् ।