• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

रोहितको कप्तानीमा टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, शुभमन गिल र रिंकु सिंह परेनन्



काठमाडौँ । जुन १ देखि सुरु हुने टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले मंगलबार रोहित शर्माको कप्तानीमा हुने प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

आईपीएलमा राम्रो ब्याटिङ गरिरहेका सञ्जु सामसन र ऋषभ पन्त विकेटकिपरका रुपमा छनोट भएका छन् । हार्दिक पाण्ड्यासँगै शिवम दुबे पनि पेस बलिङ अलराउन्डरको विधामा छनोट भएका छन् ।

शुभमन गिल र रिंकु सिंहले मुख्य टोलीमा स्थान बनाउन सकेका छैनन् । यिनीहरूलाई ट्राभलिङ रिजर्भको हिस्सा बनाइएको छ ।

टी–२० विश्वकप २०२४ का लागि भारतीय टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह, मोहम्मद सिराज ।

रिजर्भ खेलाडीहरू – शुभमन गिल, खलील अहमद, रिंकु सिंह, आवेश खान ।