१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

ट्राउट माछाको हब बन्दै र्यालेको मानेदोभान

ट्राउट माछाको हब बन्दै र्यालेको मानेदोभान
अ अ+ अ-

धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ र्यालेका उपेन्द्र कारञ्जितले फूलचोकी रेन्बो ट्राउट कृषि फार्म सञ्चालन गरेको पाँच वर्ष भयो । पहिलादेखि नै होटल व्यवसायमा लाग्दै आउनुभएका उहाँले र्यालेको मानेदोभानमा ट्राउट फार्म सञ्चालन गरेर राम्रो व्यवसाय गर्न सकिने सम्भावना देखेपछि ‘फूलचोकी रन्बो ट्राउट फार्म’ सञ्चालन गर्नुभयो । उक्त व्यवसाय सञ्चालन गरेर कारञ्जितले मासिक रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म बचत गर्ने गरेको बताउनुभयो ।

सपरिवार नै मिलेर सञ्चालन गरेको व्यवसायमा अन्य ६ जनाले रोजगारसमेत पाएका छन् । मुलको सफा पानीमा बिना औषधि बिना उत्पादन हुने र खानाका लागि स्वादिलो हुने भएकाले सबैको रोजाइमा ट्राउट माछा पर्ने गरेको कारञ्जितले बताउनुभयो ।

“माछा खान आउनेको अत्यधिक घुइँचो लाग्छ, अब त्यससँगै खोलेसाग, लोकल कुखुरा, ढिँडोलगायतका परिकारको स्वाद लिन पाउने गरी सेवा थालेका छौँ”, कारञ्जितले भन्नुभयो– “रमाइलो गर्ने ठाउँसमेत खोज्ने भएकाले एक वर्षदेखि फूलचोकी होटल एण्ड लज सञ्चालन गर्दै आएको छु ।” त्यहाँ एक पटकमा ३० देखि ३५ जनासम्म बस्ने व्यवस्था गरिएको छ ।

ट्राउट माछापालन गर्न मानेदोभान उपयुक्त भएको र सबैको चासोको केन्द्र बनेपछि २० वर्षका लागि पाँच रोपनी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेको कारञ्जितले बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट रु १२ लाख ५० हजार अनुदान प्राप्त गर्नुभयो । पहिला एउटा मात्रै होटल हुँदा भीड हुने र सबैले माछा खान नपाउने अवस्था रहेकामा सो क्षेत्रमा अहिले पाँच ट्राउट फार्मसहितको होटल भएकाले ग्राहक फर्केर जानु नपर्ने गरी सेवा दिँदै आएको उहाँको भनाइ छ ।

सोही ठाउँमा ‘बिहावर खोला रेन्बो ट्राउट एण्ड हाम्रो खाजाघर’ सञ्चालन गर्दै आउनुभएका दिनेश तामाङले व्यवसायबाट मनग्य आम्दानी भएको बताउनुभयो । विशेषगरी ग्राहक ट्राउट माछा नै रुचाएर आउने गरेको र त्यससँगै लोकल कुखुरा र अर्गानिक तरकारी, ढिँडोको स्वाद लिन रुचाउने र्याले मानेदोभान पुग्ने गरेको उहाँले बताउनुभयो । तीन वर्षदेखि सञ्चालित व्यवसायबाट चार जनाले रोजगारीसमेत पाउनुभएको छ ।

यस्तै पनौती नगरपालिका–१ पर्खालचौरका केदारनाथ सापकोटाले मानेदोभान बचत तथा ऋण सहकारीले करिब १८ वर्ष अगाडि संस्थागत रुपमा ट्राउट माछापालन व्यवसाय सुरु गरे पनि घाटामा गएपछि व्यक्तिलाई नै जिम्मा दिएर सञ्चालन हुँदै आएको बताउनुभयो । व्यक्तिगत रुपमा व्यवसाय सञ्चालन गर्न थालेपछि विस्तारै ट्राउटको हब बन्दै गएको उहाँले बताउनुभयो । एक ठाउँमा माछापालन सुरु गरेको व्यवसाय अहिले पाँचवटा रेष्टुरेन्ट सञ्चालनमा छन् । ट्राउट माछाका कारण चिनिएको मानेदोभानलाई थप परिचित बनाउन स्थानीय परिकार, दूधको विभिन्न परिकार निर्माण गर्ने उद्योग, स्वीमिङ पुल, मिनरल वाटर उद्योग सञ्चालन गर्ने र व्यवस्थित सडक सुविधा पुर्‍याउन सके यहाँको थप विकास हुने सापकोटाले बताउनुभयो ।

मोटरबाटोको सुविधा पुर्‍याउन स्थानीय सरकारले ध्यान दिन सके अझ बढी आन्तरिक पर्यटक भित्रिन सक्ने यहाँका व्यवसायी बताउँछन् । धुलिखेल नगरपालिका शङ्खुबाट घुम्न यहाँ आउनुभएका जमुना बजगाईंले बिहावर क्षेत्र चिसो र हरियाली भएकाले घुम्नका लागि आकर्षक ठाउँ भएको बताउनुभयो । पछिल्लो समयमा मोटरबाटोको सुविधा विस्तार हँुदै जानुका साथै होटल पनि थपिँदै गएका कारण यस क्षेत्रमा आवतजावत बढेको छ ।

पनौती–१ का वडाध्यक्ष जयकुमार तामाङले र्यालेको मानेदोभान ट्राउट माछाको हबको रुपमा विकास हुँदै गएपछि विभिन्न सरकारी निकायमा यहाँको आर्थिक, सामाजिक र पर्यटकीय विकासमा समन्वय र सहजीकरण गर्नका लागि समेत टेवा पुगेको बताउनुभयो । “आन्तरिक तथा बाह्य पर्यटकको आवागमनसँगै विभिन्न क्षेत्रका जनप्रतिनिधि र कर्मचारीको समेत उत्तिकै आवतजावत बढेको छ । यही क्षेत्रहुँदै प्रसिद्ध धार्मिक पर्यटकीय मन्दिर फूलचोकी माइकोसमेत दर्शन गर्न सकिन्छ”, उहाँले भन्नुभयो । प्रदेश सरकारसँग सडक स्तरोन्नति गर्न रु दुई करोड बजेट माग गरेको उहाँले बताउनुभयो । रासस