• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद ★   कार्यदलको बैठक: नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने काँग्रेसको अडान ★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ

उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छ: केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ को उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको बताउनुभएको छ ।

मंगलबार इलाम–२ को उपनिर्वाचन जीतेपछि नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अनेक प्रकारका भ्रमलाई चिर्दै नेकपा एमालेको पक्षमा नेपाली जना उभिएका बताउनुभयो । ‘यो चुनाव चुनाव मात्र होइन, राष्ट्र निर्माणमा एउटा इँटा थप्ने कुरा हो, एउटा सिँढी थप्ने कुरा हो’, उहाँले भन्नुभयो ।

नेपालमा बस्नेको सबैभन्दा पहिलो पहिचान नेपाली भएको उहाँले बताउनुभयो । समृद्ध नेपाल, सुखी नेपाली नै नेपालीको पहिचान बन्नु पर्ने उहाँले स्पष्ट पार्नुभयो । व्यक्तिगत होइन सामूहिक पहिचानले मात्र देश अघि बढ्नेमा उहाँले जोड दिनुभयो । नेपालको पहिचान बहुजाति र बहुभाषा भएको उहाँले स्पष्ट पार्नुभयो । ‘व्यक्तिगत पहिचानले कोही सफल हुन सक्दैन’, ओलीले भन्नुभयो ।

नेपाल र नेपालीका साझा गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली बन्नु पर्नेमा ओलीले जोड दिनुभयो । यसले मात्र पूर्वदेखि पश्चिमसम्मलाई जोड्ने ओलीले बताउनुभयो ।

उहाँले अबको २५ वर्षमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष हुने ओलीले सुनाउनुभयो । कम्युनिष्ट पार्टी एक सय वर्ष पुग्दा कुनै पनि नेपाली गरिब नहुने उहाँले दाबी गर्नुभयो ।

ओलीले इलामले एमालेका सुहाङलाई जिताएको भन्दै अब इलामको विकासको जिम्मा सुहाङले लिने बताउनुभयो । सुहाङको जिम्मा नेकपा एमाले र आफूले लिने उहाँले स्पष्ट पार्नुभयो ।

केही मान्छेहरूले सुहाङलाई राजाको छोरा राजा भनेर कुप्रचार गरेका भन्दै ओलीले सुवास नेम्बाङ श्रमजीवीका नेता भएकोले श्रमजीवी नेताको छोरा सुहाङ श्रमजीवीकै नेता भएको स्पष्ट पार्नुभयो ।

एमालेले चुनावी कार्यक्रममा बोलेको कुरा संकलनको लागि मात्र बोलेको कुरा नभई आफूले बोलेका कुरा पुरा गरेर छाड्ने बताउनुभयो । विकास, सुशासन, विदेश नीति कस्तो बनाउने भन्ने नीति र कार्यक्रम नेकपा एमालेसँग मात्र भएको उहाँले दाबी गर्नुभयो ।

अहिले देशमा बलियो निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीले बताउनुभयो । त्यसका लागि एमाले परिवर्तनका पक्षधरसँग मिलेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । यति बेला देश भक्त शक्तिको एकता आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।