२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छ: केपी ओली

उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छ: केपी ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ को उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको बताउनुभएको छ ।

मंगलबार इलाम–२ को उपनिर्वाचन जीतेपछि नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अनेक प्रकारका भ्रमलाई चिर्दै नेकपा एमालेको पक्षमा नेपाली जना उभिएका बताउनुभयो । ‘यो चुनाव चुनाव मात्र होइन, राष्ट्र निर्माणमा एउटा इँटा थप्ने कुरा हो, एउटा सिँढी थप्ने कुरा हो’, उहाँले भन्नुभयो ।

नेपालमा बस्नेको सबैभन्दा पहिलो पहिचान नेपाली भएको उहाँले बताउनुभयो । समृद्ध नेपाल, सुखी नेपाली नै नेपालीको पहिचान बन्नु पर्ने उहाँले स्पष्ट पार्नुभयो । व्यक्तिगत होइन सामूहिक पहिचानले मात्र देश अघि बढ्नेमा उहाँले जोड दिनुभयो । नेपालको पहिचान बहुजाति र बहुभाषा भएको उहाँले स्पष्ट पार्नुभयो । ‘व्यक्तिगत पहिचानले कोही सफल हुन सक्दैन’, ओलीले भन्नुभयो ।

नेपाल र नेपालीका साझा गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली बन्नु पर्नेमा ओलीले जोड दिनुभयो । यसले मात्र पूर्वदेखि पश्चिमसम्मलाई जोड्ने ओलीले बताउनुभयो ।

उहाँले अबको २५ वर्षमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष हुने ओलीले सुनाउनुभयो । कम्युनिष्ट पार्टी एक सय वर्ष पुग्दा कुनै पनि नेपाली गरिब नहुने उहाँले दाबी गर्नुभयो ।

ओलीले इलामले एमालेका सुहाङलाई जिताएको भन्दै अब इलामको विकासको जिम्मा सुहाङले लिने बताउनुभयो । सुहाङको जिम्मा नेकपा एमाले र आफूले लिने उहाँले स्पष्ट पार्नुभयो ।

केही मान्छेहरूले सुहाङलाई राजाको छोरा राजा भनेर कुप्रचार गरेका भन्दै ओलीले सुवास नेम्बाङ श्रमजीवीका नेता भएकोले श्रमजीवी नेताको छोरा सुहाङ श्रमजीवीकै नेता भएको स्पष्ट पार्नुभयो ।

एमालेले चुनावी कार्यक्रममा बोलेको कुरा संकलनको लागि मात्र बोलेको कुरा नभई आफूले बोलेका कुरा पुरा गरेर छाड्ने बताउनुभयो । विकास, सुशासन, विदेश नीति कस्तो बनाउने भन्ने नीति र कार्यक्रम नेकपा एमालेसँग मात्र भएको उहाँले दाबी गर्नुभयो ।

अहिले देशमा बलियो निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको ओलीले बताउनुभयो । त्यसका लागि एमाले परिवर्तनका पक्षधरसँग मिलेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । यति बेला देश भक्त शक्तिको एकता आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो ।