६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामवासीको विश्वास र भरोसा मर्न दिनेछैन – सुहाङ



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट इलाम क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले इलामवासीको विश्वास र भरोसा मर्न नदिने बताउनुभएको छ ।

मंगलबार इलाम–२ को उपनिर्वाचन जितपछिको चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले इलामका जनताले सुवास नेम्वाङप्रति जुन भरोसा गरेका थिए त्यसलाई आफूले टुट्न नदिने बताउनुभयो । अग्रजहरूको योगदानको आफूले सधैँ कदर गर्ने नेम्वाङले बताउनुभयो । अहिलेको समय युवाको भए पनि अग्रजहरूको सम्मान गर्दै उहाँहरूको सल्लाह र आसिरवाद लिएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

अग्रजले देखाएको बाटो बिर्सन नहुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले मतदाताको शीर नझुक्ने गरी काम गर्ने बाचा गर्नुभयो । ‘इमान र निष्ठा पूर्वक काम गर्ने छु भन्ने कुरा म यहीँबाट बाचा पनि गर्दछु’, उहाँले भन्नुभयो ।

नेम्बाङले कसैलाई गाली गरेर वा कसैको दुष्प्रचार गरेर होइन आफूले काम गरेर देखाउनु पर्ने बताउनुभयो । आफू सोही हिसाबले अघि बढ्ने उहाँले बताउनुभयो । अग्रजहरूले व्यवस्था परिवर्तन र संविधान लेखको काम पुरा गर्नुभएको बताउँदै नेम्वाङले अब नयाँ पुस्ता अवस्था परिवर्तनको काममा लाग्नु पर्नेमा जोड दिनुभयो ।

नेम्वाले कुनै जात वा समुदाय विशेषको कुरा गर्ने होइन सारा नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल इन्द्रेणीको रङ्ग जस्तै भएकाले सबै रङ्गको महत्त्व रहेको स्पष्ट पार्नुभयो ।