१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’ सम्पर्कविहीन परिवारः न चुल्हो बल्छ , न आँखा ओभाउँछन् सात वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक भोटेकोशी बाढी:  सहयोगमा जुट्दै मधेस प्रदेश सरकारदेखि नागरिकसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामवासीको विश्वास र भरोसा मर्न दिनेछैन – सुहाङ



अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट इलाम क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले इलामवासीको विश्वास र भरोसा मर्न नदिने बताउनुभएको छ ।

मंगलबार इलाम–२ को उपनिर्वाचन जितपछिको चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले इलामका जनताले सुवास नेम्वाङप्रति जुन भरोसा गरेका थिए त्यसलाई आफूले टुट्न नदिने बताउनुभयो । अग्रजहरूको योगदानको आफूले सधैँ कदर गर्ने नेम्वाङले बताउनुभयो । अहिलेको समय युवाको भए पनि अग्रजहरूको सम्मान गर्दै उहाँहरूको सल्लाह र आसिरवाद लिएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

अग्रजले देखाएको बाटो बिर्सन नहुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले मतदाताको शीर नझुक्ने गरी काम गर्ने बाचा गर्नुभयो । ‘इमान र निष्ठा पूर्वक काम गर्ने छु भन्ने कुरा म यहीँबाट बाचा पनि गर्दछु’, उहाँले भन्नुभयो ।

नेम्बाङले कसैलाई गाली गरेर वा कसैको दुष्प्रचार गरेर होइन आफूले काम गरेर देखाउनु पर्ने बताउनुभयो । आफू सोही हिसाबले अघि बढ्ने उहाँले बताउनुभयो । अग्रजहरूले व्यवस्था परिवर्तन र संविधान लेखको काम पुरा गर्नुभएको बताउँदै नेम्वाङले अब नयाँ पुस्ता अवस्था परिवर्तनको काममा लाग्नु पर्नेमा जोड दिनुभयो ।

नेम्वाले कुनै जात वा समुदाय विशेषको कुरा गर्ने होइन सारा नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल इन्द्रेणीको रङ्ग जस्तै भएकाले सबै रङ्गको महत्त्व रहेको स्पष्ट पार्नुभयो ।