३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउँछ: सचिव सुवेदी



अ+ अ-

काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित दृष्टिविबहीनहरुको लागि व्यवसायिक सीप विकास र प्रवद्र्धन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सिटिभिटीसँग सहकार्य गरी सरकारले नेत्रबिहीनका लागि लचिलो सीप परीक्षण विधि अपनाउनसकने नेत्रहीनहरुले पनि सहजै रोजगारी पाउने अवस्था सिर्जना हुनसक्ने बताउनु भयो । उहाँले नेत्रहीनहरुका लागि कस्ता सीप दिने भन्नेबारेमा विस्तृत छलफल गर्न आवश्यक देखिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सिटिभिटीले सीप परीक्षण गर्छ । सीप परीक्षण गर्ने क्रममा उहाँहरुलाई अलि सहजीकरण गर्नुपर्ने हो की ? अलि लचिलो बनाउनुपर्ने हो की ? नीति प्रक्रियामा । सीप परीक्षणमा अरुलाई भन्दा फरक किसिमबाट गर्नुपर्छ । त्यसै अनुसार उहाँहरुले रोजगारीको बजार पाउने व्यवस्था गर्नुपर्छ । लचिलो सीप परीक्षण विधि अपनाउनलाई सिटिभिटीमा हामीले सहकार्य गर्नसक्छौँ । सीपको लागि कस्ता सीपहरु दिनुपर्छ, कस्ता स्किल्स दिनुपर्छ भन्नेमा छलफल हुनुपर्छ ।’

कार्यक्रममा नेपाल नेत्रहीन संघका निर्देशक नरबहादुर लिम्बूले व्यवसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा दृष्टिबिहीनहरुलाई नसमेटिएको बताउनु भयो । उहाँले सीप बिना जीवन चलाउन नसकिने भएकाले नेत्रहीनहरुलाई पनि सरकारले सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा समेट्नैपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले व्यवसायिक सीप विकासको प्रवद्र्धनमा लाग्नुपछ सबै लाग्नुपर्ने बताउनु भयो । दृष्टिबिहीनहरुले गरिरहेका कामहरुको सरकारी निकायबाट प्रमाणित गर्ने काम नभएकोप्रति गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले जुन व्यवसायिक सीपसँग सम्बन्धित सरकारी कार्यक्रमहरुमा दृष्टिबिहीनहरुको सवालमा त्यति साह्रो समेटिएको पाइएन । तर त्यसमा समेटिनुपर्छ । किनभने सीप बिना जीवन गुजारा हुँदैन । सीप भएपछि धेरै अवसर हुन्छन् भनेर पहल गरेका हौँ, यो पहल गरेको धेरै वर्ष भयो, अहिले शिक्षा मन्त्रालयले उद्योग सीप विकासको रणनीति बनाएको छ, त्यसमा दृष्टिबिहीनहरुलाई समेट्ने काम भएको छ । यो कार्यक्रम शिक्षा मन्त्रालयको र नेत्रहीन संघ लगायतको संयुक्त पहलमा आयोजना गरिएको हो । सीप विकासको पहिचानका लागि कार्यक्रम गरेको हो । हामी सबै मिलेर व्यवसायिक सीप विकासको प्रवद्र्धनमा लाग्नुपर्छ । दृष्टिबिहीनहरुले गरिरहनुभएका कामको सर्टिफाइ गर्ने काम भएको छैन ।’

कार्यक्रममा अन्य वक्ताहरुले सीप विकाससँग सम्बन्धित काममा तीन तहका सरकारबीचको समन्वय, संघीय मन्त्रालय र निकायबीचको समन्वयका साथै सीपविकासको पाठ्यक्रम र सीप परीक्षणलाई कसरी प्रभावकारी बनाउने ? भन्ने विषयमा ध्यान दिन जरुरी रहेको बताए ।