६ भाद्र २०८३, शनिबार
,
Latest
काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग बराबरीमा रोकियो म्यान्चेस्टर सिटी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा सिटीले ब्राइटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । यद्यपि सिटीले जारी सिजनको उपाधि भने जितिसकेको छ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलको २५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा जुलीओ इन्सीसोले गोल गर्दै ब्राइटनलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।

यो नतिजासँगै ब्राइटन लिगको छैटौं स्थानमा रहँदै लिगको अन्त्य गर्ने भएको छ । । एक खेल मात्र खेल्न बाँकी रहँदा ब्राइटनको ३७ खेलबाट ६२ अंक छ । सातौं स्थानमा रहेको एस्टन भिल्लाको समान खेलबाट ५८ अंक छ । सिटी भने ३७ खेलबाटै ८९ अंकका साथ शीर्षस्थानमा यथावत छ ।