२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गर्नुभयो: राज्यमन्त्री सिर्पाली



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले सगरमाथा आरोही (दुवै खुट्टा गुमाएका) हरि बुढामगरले अपाङ्गता शब्द मानिसको सोचमा मात्रै हुने प्रमाणित गर्नुभएको बताउनुभएको छ ।

बुधवार संस्कृति, पर्यटन त्था नागरिक उड्डयन मन्त्रालयमा बुढामगरसहितको आरोही टिमलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सबै सबल भएको व्यक्तिले समेत जीवनमा असफल भइने हो की भन्ने सोच्ने गरेको उल्लेख गर्दै आरोही बुढामगरले आँट गरे असम्व केही नरहेको जिकिर गर्नुभयो । उहाँले सोचमा अपांगता भएको खण्डमा कुनैपनि काम गर्न नसकिने बताउनु भयो । राज्यमन्त्री ठकुरीले हरि बुढामगरको आरोहणले अनुसन्धानको विषय बनाएको पनि बताउनु भयो । मृतकलाई बचाउन बाहेक सबैकुरा जीवनमा आँट र इच्छाशक्ति भए सम्भव छ भन्नेकुराको प्रमाणित गरेको राज्यमन्त्री ठकुरीको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘हामी सबै कुराले सबल भएका मानिसहरु पनि जीवनमा असफल देख्ने गर्छौं । निराशाले मानिसको जीवनको अन्तिम निस्कर्ष भनेको मृत्यु हो भन्ने जस्तो पनि यो समाजमा धेरै त्यस्ता घटनाहरु पनि हामीले देख्छौँ । हरिबहादुर बुढामगरको सिंगो टिम जुन उपस्थिति छ, ऐतिहासिक कीर्तिमान कायम गरेर, सबैतिर चर्चा छ, प्रत्यक्ष परिदृश्य देख्दा समाजमा दुई कुराको अनुभुति भएको छ ।

मान्छेको सोचमा अपाङ्गता हुन्छ तर शारीरिक रुपमा हुँदैन भन्नेकुराको हरि बुढामगरलाई हेरे पुग्छ । सोचमा अपांगता ल्यायौँ भने कुनैपनि चिजमा सफलता पाउन सक्दैनौँ । आरोहण सम्पन्न गर्न नयाँ खुट्टाको आविष्कार गरियो भन्ने जुन कुरा आएको छ, यसले उहाँको सफल आरोहणले अनुसन्धानको विषय बनाएको छ । अब हामी खोज पनि गर्छौं की जीवनमा सबैकुरा सम्भव छ । मृतकलाई बचाउन बाहेक अन्य सबै काम गर्न सकिन्छ भन्ने सन्देश उहाँले दिनुभएको छ ।’

सम्मानग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सगरमाथा आरोही हरि बुढामगरले हिमाल चढ्न शुरुमा अनुमति लिन जाँदा नदिएको सरकारले आज सम्मान गरिरहँदा धेरै खुशी लागेको बताउनु भयो । उहाँले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकाहरुलाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताउनु भयो । उहाँले शारीरिक अशक्त भएका व्यक्तिहरुलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पहिला म यही अफिसमा हिमाल चढ्न अनुमतिका लागि आएको थिएँ, एउटा नियम परिवर्तन गर्न भन्दै आएको थिएँ भने अहिले एउटा सम्मानित हुन आएको छु । रिजेक्ट गरेको अफिसले अहिले बोलाएर सम्मान गर्दा खुशी लागेको छ । यो मेरो मात्र नभइ सम्पूर्ण अपांगता भएका व्यक्तिको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्नेकुरा यहाँबाट सन्देश गएको छ । पहिला ब्याण्ड हुँदा नेपालमा स्वागत छैन जस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्नेकुराको सन्देश दिएको छ । गरेपछि हुँदो रहेछ भन्ने भएको छ । यसले नेपालमा भएका र संसारमा अपांग भएका व्यक्तिहरुले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने म्यासेज गएको छ ।’

आरोही बुढामगरले सगरमाथा आरोहणका लागि पहिला सानासाना हिमालहरुको आरोहण गरेर मात्रै जान सुझाव दिनुभयो ।