५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट

वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट
अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले वर्षाैँसम्म ठेक्का सम्पन्न नहुने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ ।

धनगढीमा आज सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले ठेक्का सुरु गर्ने तर वर्षाैँसम्म अलपत्र पार्ने प्रवृत्ति विकासको बाधक भएको बताउनुभयो । उहाँले क्रमागत तथा बहुवर्षीय ठेक्कालाई आवश्यकता र प्राथमिकताका आधारमा अगाडि बढाइने बताउनुभयो ।

प्रदेशका कतिपय सडक आयोजना ठेक्का लागेर पनि लामो समयदेखि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले आयोजना कार्यान्वयनपूर्वका तयारी, सुरक्षा तथा अन्य व्यवस्थापनका काम सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । यस्ता समस्या समाधान भए निर्माण कार्यले गति लिने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले निर्माण क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानुनी समस्या समाधान गर्ने जिम्मेवारी राज्यको भएको बताउँदै निर्माण व्यवसायीहरूले सम्झौताअनुसारका काम समयमै सम्पन्न गर्न तदारुकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सरकारले लामो समयदेखि अड्किएर रहेका सडक तथा अन्य पूर्वाधार आयोजनालाई तदारुकताका साथ अघि बढाउने संकल्प गरिसकेको बताउँदै मुख्यमन्त्री भट्टले अब निर्माण कार्यलाई निश्चित गति र परिणाममुखी ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले प्रदेशको विकास निर्माणलाई प्रभावकारी बनाउन सरकार र निर्माण व्यवसायीबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । रासस