५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: एलिमिनेटर खेलमा मुम्बई र लखनऊ भिड्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को एलिमिनेटरमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स भिड्दैछन् । चेन्नईको घरेलु मैदान एमए चिदाम्बरम रंगाशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ।

यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । पहिलो क्वालिफायर खेलमा हिजो चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । शुक्रबार गुजरात र एलिमनिटेरको विजेता टोलीबीच खेल हुनेछ । जसको विजेता टोलीले आइतबार फाइनलमा चेन्नईसँग खेल्नेछ ।

लखनऊ १७ अंकका साथ तेस्रो र मुम्बई १६ अंकका साथ अन्तिम चारमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । लिग चरणको खेलमा लखनऊले मुम्बईलाई ५ रनले हराएको थियो । लखनऊ र मुम्बईबीच तीन खेल हुँदा सबै खेलमा लखनऊ विजयी भएको छ । यस खेलमा पराजित हुने टोली बाहिरिने हुँदा दुबै टोली जितका साथ दोस्रो क्वालिफायरमा स्थान बनाउन चाहन्छन् ।

लखनऊ सुपर जायन्ट्सको सम्भावित प्लेइङ– ११

मार्कस स्टोइनिस, कुणाल पाण्डेय (कप्तान), कृष्णप्पा गौथम, पीएन मांकड, ए बडोनी, करण शर्मा, निकोलस पूरन, डी कक (विकेटकिपर) , रवि बिश्नोई, नवीन-उल-हक, मोहसिन खान ।

मुम्बई इन्डियन्सको सम्भावित प्लेइङ– ११

रोहित शर्मा (कप्तान), एसए यादव, टिम डेभिड, सी ग्रीन, पियुष चावला, एन वाधेरा, इशान किशन (विकेटकीपर), जेपी बेहरेनडोर्फ, के कार्तिकेय, आकाश मण्डवाल, सीजे जोर्डन ।