२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपीएल: एलिमिनेटर खेलमा मुम्बई र लखनऊ भिड्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२३ को एलिमिनेटरमा आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्स भिड्दैछन् । चेन्नईको घरेलु मैदान एमए चिदाम्बरम रंगाशालामा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ।

यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । पहिलो क्वालिफायर खेलमा हिजो चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । शुक्रबार गुजरात र एलिमनिटेरको विजेता टोलीबीच खेल हुनेछ । जसको विजेता टोलीले आइतबार फाइनलमा चेन्नईसँग खेल्नेछ ।

लखनऊ १७ अंकका साथ तेस्रो र मुम्बई १६ अंकका साथ अन्तिम चारमा रहँदै प्लेअफमा स्थान बनाएका थिए । लिग चरणको खेलमा लखनऊले मुम्बईलाई ५ रनले हराएको थियो । लखनऊ र मुम्बईबीच तीन खेल हुँदा सबै खेलमा लखनऊ विजयी भएको छ । यस खेलमा पराजित हुने टोली बाहिरिने हुँदा दुबै टोली जितका साथ दोस्रो क्वालिफायरमा स्थान बनाउन चाहन्छन् ।

लखनऊ सुपर जायन्ट्सको सम्भावित प्लेइङ– ११

मार्कस स्टोइनिस, कुणाल पाण्डेय (कप्तान), कृष्णप्पा गौथम, पीएन मांकड, ए बडोनी, करण शर्मा, निकोलस पूरन, डी कक (विकेटकिपर) , रवि बिश्नोई, नवीन-उल-हक, मोहसिन खान ।

मुम्बई इन्डियन्सको सम्भावित प्लेइङ– ११

रोहित शर्मा (कप्तान), एसए यादव, टिम डेभिड, सी ग्रीन, पियुष चावला, एन वाधेरा, इशान किशन (विकेटकीपर), जेपी बेहरेनडोर्फ, के कार्तिकेय, आकाश मण्डवाल, सीजे जोर्डन ।




भर्खरै