२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनएससी–काभा महिला भलिबल: भारतद्वारा कीर्गिस्तान पराजित



अ+ अ-

काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा भारतले कीर्गिस्तानलाई ३–०  सोझो सेटमा पराजित गरेको हो ।

यसअघि सोमबार भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई हराएको  थियो । भारतले कीर्गिस्तानलाई पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–८ र तेस्रो सेटमा २५–८ अङ्कले हराएको हो । कीर्गिस्तानको यो दोस्रो पराजय हो । यसअघि सोमबार सम्पन्न पहिलो खेलमा कीर्गिस्तान नेपालसँग पराजित भएको थियो ।

समूह ‘ए’ मा रहेको भारत दुई खेलमा ६ अङ्क जोड्दै शीर्ष स्थानमा छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा सञ्चालित सो प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान सहभागी छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान तथा समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् । रासस