१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

लयमा फर्कँदै होटल व्यवसाय, पर्यटकसँगै बढ्न थाल्यो आम्दानीको ग्राफ

लयमा फर्कँदै होटल व्यवसाय, पर्यटकसँगै बढ्न थाल्यो आम्दानीको ग्राफ
अ अ+ अ-

काठमाडौँ । कोरोना महामारीका कारण प्रभावित विदेशी पर्यटक आगमनले लय लिन थालेसँगै होटलहरुको आम्दानी पनि बढ्न थालेको छ । विदेशी पर्यटक आगमन कोरोना अघिकै लयमा पुग्ने प्रयास गरिरहँदा होटलहरुको आम्दानीको ग्राफ पनि उकालो लागेको हो ।

पछिल्लो समय मासिक करिब एक लाख विदेशी पर्यटक आउने थालेसँगै होटल बुकिङ औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । तारे होटल मात्रै होइन, पर्यटक स्तरीय होटलमा पनि बुकिङ बढेको व्यवसायीहरुको भनाइ छ ।

कोरोना महामारी सुरु भएयता गत वर्षसम्म करोडौँ घाटामा रहेका होटलहरु यतिबेला भने फाइदामा जान थालेका छन् । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा सूचिकृत तीन वटा पाँच तारे होटलको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनका आधारमा होटलहरु आम्दानीले लय समात्न लागेको स्पष्ट देखिन्छ ।

पाँच तारे होटल सोल्टीको गत आवको तेस्रो त्रैमाससम्म १० करोड ८५ लाख ९७ हजार ३७१ रुपैयाँ खुद नाफा भएकोमा होटलले चालु आवको सोही अवधिमा ३७ करोड ११ लाख ७९ हजार ६७९ रुपैयाँ खुद नाफा गरेको छ । जुन २४१.७९ प्रतिशतले बढी हो ।

साथै, तारागाउँ रिजेन्सी होटल हायातले पनि गत वर्षको समीक्षा अवधिमा ४ करोड १४ लाख २९ हजार १७६ रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा २३ करोड ८८ लाख ४५ हजार ६०७ रुपैयाँ खुद नाफा आर्जन सफल भएको छ । जुन ४७६.५१ प्रतिशतले बढी हो ।

त्यसैगरी ओरियन्टल होटल्स अर्थात् लाजिम्पाटस्थित होटल र्याडिसनको आम्दानी पनि बढेको छ । गत वर्षको समीक्षा अवधिमा १० करोड ५२ लाख ९१ हजार ४८० रुपैयाँ घाटामा रहेको होटलले यस वर्षको सोही अवधिमा भने ६ करोड २४ हजार ४२८ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

होटल एसोसिएसन नेपाल ९हान०का अनुसार होटलले खर्च उठाउनका लागि मात्रै पनि कम्तीमा ३५ देखि ४० प्रतिशत अकुपेन्सी हुनुपर्छ । तर पछिल्लो समय औसतमा ५० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको व्यवसायीहरुले बताएका छन् ।

यद्यपि हानले भने कोरोना महामारीका कारण होटल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको र यस क्षेत्रलाई अझै पनि नीतिगत सुविधा आवश्यक पर्ने बताउँदै आएको छ । नेपाल राष्ट्र बैंकले पनि चालु आवको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत होटल, निर्माण क्षेत्र र पशुपंक्षी पालनका लागि राहत दिँदै २०८० असार मसान्तसम्म कर्जाको पुनरतालिकीकरण र पुनसंरचना गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

यसले व्यवसायीहरुलाई ठूलो राहत पुगेको हानको भनाइ छ । हानले राष्ट्रको बैंकको उक्त कदमको खुलेर स्वागत गर्दै आगामी आर्थिक वर्षको वार्षिक बजेटमा पनि सोही अनुसारको सुविधा उपलब्ध गराउन माग गरेको छ ।