१३ श्रावण २०८३, बुधबार
,
Latest
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलक्षित प्रधानमन्त्रीको टिप्पणीः ठगी र भ्रष्टाचार सैह्य हुन्न, कारबाही हुन्छ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठग र अपराधमा संलग्नहरुलाई कारबाही गरेरै छाड्ने बताउनुभएको छ ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै चोरले प्रहरी हाकिमलाई हप्काएजस्तो काम भइरहेको दृष्टान्त प्रश्तुत गर्नुभयो । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएजस्तै यहाँ त उल्टै सहकारीमा सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ? प्रधानमन्त्री ओलीको प्रश्न थियो । शुक्रवार काठमाडौंमा आयोजित जागरण सभामा बोल्दै उहाँले सरकारले गठी र अपराध गर्नेहरुलाई नसहने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कुनैपनि खालको अपराध, अराजकताहरु जे पनि बोल्न, चरित्र हत्या गर्न पाइने, घृणा फैलाउन पाइने । यो कुरा नेपाली समाजलाई स्वीकार्य छैन । र यस्ता कुराहरुलाई हामी प्रोत्साहित गर्न सक्दैनौ भन्नेकुरा म स्पष्ट गर्न चाहन्छु । हिन्दीमा एउटा भनाई छ–उल्टै चोर कोटवालको डाँठे । उल्टै चोरले प्रहरीका हाकिमलाई हप्काएछ । यस्तै यहाँ त उल्टै सहकारीमा ठगेको कति कति प्रमाणहरु छन् । आफैँ सहकारी ठगी गर्ने, अरुलाई मुख छाड्ने ?अरुलाई गाली गर्ने ? कुनैपनि प्रकारको भ्रष्टाचार सैह्य हुनेछैन । कुनैपनि प्रकारको ठगी सैह्य हुनेछैन । कुनैपनि प्रकारको मानव तस्करी सैह्य हुनेछैन । नेकपा एमाले र अहिलेको सरकारले जोसोकै होस्–अनुहार हेर्दैन, अपराध गर्नेलाई कारबाही गर्छ । त्यो मैले पहिलेदेखि नै भनेको छु ।’

प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप फाल्तु भएको जिकिर गर्दै त्यसमा टिप्पणी गरेर समय खेर फाल्न नचाहेको पनि दोहो¥याउनु भयो । उहाँले आफूमाथि कम्बोडिया र स्विस बैंकमा करोडाँै रकम राखेको भन्नेहरुले प्रमाण ल्याउन पनि चुनौति दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म विभिन्न पार्टीका नेता साथीहरुलाई भन्न चाहन्छु–तपाईहरु नेकपा एमालेतिर औँलो ठडयाएर बोलिरहनुभएको छ । तपाईहरु के साँच्चै बहस गर्न सक्नुहुन्छ ?नेकपा एमालेसँग । तथ्य प्रमाणको आधारमा बहस गर्न सक्नुहुन्छ ? भनिदिए त भयो नि–कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर स्विस बैंकमा यति हजार । अब तपाईहरु त हेर्न जान सक्नुहुन्न । भनिदिए भयो । त्यो मात्रै किन भन्ने ? अमेरिका, अमेरिकाको आधा सम्पती मेरै हो । भनि देउन भन्नका लागि । यस्ता फाल्तु कुराहरु गरेर केही पनि हुनेछैन । तर कसले आफ्ना आफन्तलाई अकुत सम्पती थुपारेर सात पुस्ता परसम्मका गोरु बेचेका साईनोसम्मका साधारण पारिवारिक अवस्था गरिव अवस्थाबाट अर्बांैका मालिक, करोडौँका मालिक कसले बनाएको छ ? बसेर छलफल गर्न, बहस गर्न हामी तयार छौं । म त्यतापट्टी जान चाहन्न । मलाई कुनै दन्तबजान गर्नुछैन । ’

प्रधानमन्त्री ओलीले आफन्तहरुलाई समेत पुग्नेगरी सम्पती जोड्ने कामहरु भइरहेको आरोप पनि लगाउनु भयो ।




भर्खरै