१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल

नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक बन्न नसकेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व बिना देश विकास गर्न सम्भव नरहेको बताउनु भयो । उहाँले बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षहरुमा २८ भन्दा बढी प्रधानमन्त्री पाइसके पनि राजनीतिक स्थायित्व नहुँदा विकास हुन नसकेको बताउनु भयो ।

उहाँले हामी नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न नसकेको बताउनु भयो । उहाँले अब मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो रहेको र समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य नेकपा एमालले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्नुभयो । नेकपा एमालेले मात्रै मुलुकमा राजनीतिक स्थायित्वको सुनिश्चितता दिनसक्ने बताउनु भयो । नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको राजनीतिलाई सही बाटोमा अघि बढाउने हो भने, दुनियाँको विकास र समृद्धिको अनुभवबाट शिक्षा लिने हो भने कुनैपनि राष्ट्रको विकास र समृद्धिका लागि तीन वटा विषय अपरिहार्य हुन्छ । त्यो भनेको दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व । आज हाम्रो मुलुक किन बनेन भन्दा राजनीतिक अस्थिरताका कारण यो मुलुक बन्न सकेन । बहुदलीय व्यवस्था स्थापनाका ३५ वर्षहरुमा हामीले २८ भन्दा बढी प्रधानमन्त्री व्यहोरिसकेका छौँ । एउटा प्रधानमन्त्रीले औषतमा सवा वर्ष पनि काम गर्न पाउँदैन । हाम्रा छिमेकीहरुले प्रगति गरे भनेर चर्चा गर्ने गर्दछौँ । चीनमा के छ, कार्यकारी राष्ट्रपति हुने गर्दछ । त्यहाँ सि जिनपिङ राष्ट्रपति हुनुहुन्छ । लगातार तीन कार्यकाल चीनको नेतृत्व गर्नुभएको छ । अर्कोतिर भारतमा हेरौँ । भारत विकासको बाटोमा अघि बढिरहेको छ । भारतमा कार्यकारी प्रधानमन्त्री हुने गर्दछ ।’

‘नरेन्द्र मोदी प्रधानमन्त्री हुनुहुन्छ, लगातार तेस्रो कार्यकालको नेतृत्व गर्दै हुनुहुन्छ । तर हामी नेपालको विकास र समृद्धिको चाहना गर्ने नेपाली जनताहरुले अहिलेसम्म राजनीतिक स्थायित्वको आधार तयार गर्न सकेका छैनौँ । यही समयमा हामीले नेपालमा एक दर्जन भन्दा बढी प्रधानमन्त्री बनाइसक्यौँ । के यस्तो अवस्थामा यो अस्थिरताको अवस्थामा नेपाली जनताको विकास र समृद्धिको आकांक्षा पूरा हुनसक्छ रु सक्दैन । त्यसअर्थमा नेकपा एमालेले संकल्प गरेको छ, अठोट गरेको छ, नेकपा एमालेले भनेको छ । अब मुलुकलाई निर्णायक राष्ट्रिय शक्तिको खाँचो छ । त्यो निर्णायक राष्ट्रिय शक्ति भनेको नेकपा एमाले हो । नेकपा एमालेले मात्रै यो मुलुकमा राजनीतिक स्थायित्वको सुनिश्चितता दिनसक्छ । नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छ । जसले यो मुलुकलाई संकटबाट बाहिर निकाल्ने सामथ्र्य राख्दछ । विकास र समृद्धिको जसले नयाँ भिजन प्रश्तुत गर्ने सामथ्र्य राख्दछ ।’

महासचिव पोखरेलले एमाले देश बनाउने यात्रामा रहेको र देश बनाएर छोड्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेकपा एमालेले नै राष्ट्रको स्वाधिनता र स्वाभिमान कायम राख्ने बताउनु भयो । उहाँले समाजमा अराजकता मच्चाए र निराशा छरेर देश बन्न नसक्ने जिकिर गर्नुभयो ।