७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

पर्थ टेस्टको पहिलो दिनः भारतले बनायो १५० रन, अष्ट्रेलिया ८३ रनले पछाडि

पर्थ टेस्टको पहिलो दिनः भारतले बनायो १५० रन, अष्ट्रेलिया ८३ रनले पछाडि
अ+ अ-

एजेन्सी । अस्ट्रेलियाविरुद्धको पर्थ टेस्टको पहिलो दिन भारत बलियो स्थितिमा पुगेको छ । टोली ८३ रनले अगाडि छ र अष्ट्रेलियाको ३ विकेट मात्र बाँकी छ ।

ओप्टस स्टेडियममा भारतले टस जितेर ब्याटिङ रोजेको थियो । कुनै पनि ब्याट्सम्यानले पचास रन बनाउन सकेन र टोली १५० रनमा अलआउट भयो । जोस हेजलवुडले ४ विकेट लिए ।

बलिङमा भारतले पुनरागमन गर्दा अस्ट्रेलियाले ५९ रनमा ७ विकेट गुमाएको थियो । दिनको खेल सकिँदासम्म टोलीले ६७ रन बनाएको छ भने एलेक्स केरीले १९ र मिचेल स्टार्कले ६ रन बनाएर नटआउट फर्किएका थिए । भारतका लागि जसप्रित बुमराहले ४ र मोहम्मद सिराजले २ विकेट लिए ।

भारतीय टोलीको सुरुवात खराब रह्यो । टोलीले ७३ रन बनाएर ६ विकेट गुमाएको थियो । यशस्वी जैसवाल र देवदत्त पडिक्कलले खाता खोल्न सकेनन् । विराट कोहली ५ रन, ध्रुव जुरेल ११ रन र वासिङ्टन सुन्दर ४ रन बनाएर आउट भए ।

डेब्यु खेलेका नितिश रेड्डीले ४१ रन (५९ बल) र विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले ७८ बलमा ३७ रन बनाए । यी दुईबीच सातौं विकेटका लागि ४८ रनको साझेदारी भयो ।

केएल राहुलले ७४ बलमा २६ रनको योगदान दिए । अष्ट्रेलियाका जोस हेजलउडले ४ विकेट लिए । प्याट कमिन्स, मिचेल मार्स र मिचेल स्टार्कले २–२ विकेट लिए ।

अष्ट्रेलियाका लागि पहिलो दिनको पहिलो इनिङ्समा ट्राभिस हेडले ११, नाथन म्याकस्विनीले १०, उस्मान ख्वाजाले ८, मिचेल मार्सले ६, प्याट कमिन्सले ३ र मार्नस लाबुसचेनले २ रन बनाएका थिए । स्टिभ स्मिथले खाता खोल्न सकेनन् । भारतबाट हालसम्म जसप्रित बुमराहले ४ विकेट र मोहम्मद सिराजले २ विकेट लिएका छन् । हर्षित राणाले १ विकेट लिए ।