७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्थ टेस्टको पहिलो दिनः भारतले बनायो १५० रन, अष्ट्रेलिया ८३ रनले पछाडि



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाविरुद्धको पर्थ टेस्टको पहिलो दिन भारत बलियो स्थितिमा पुगेको छ । टोली ८३ रनले अगाडि छ र अष्ट्रेलियाको ३ विकेट मात्र बाँकी छ ।

ओप्टस स्टेडियममा भारतले टस जितेर ब्याटिङ रोजेको थियो । कुनै पनि ब्याट्सम्यानले पचास रन बनाउन सकेन र टोली १५० रनमा अलआउट भयो । जोस हेजलवुडले ४ विकेट लिए ।

बलिङमा भारतले पुनरागमन गर्दा अस्ट्रेलियाले ५९ रनमा ७ विकेट गुमाएको थियो । दिनको खेल सकिँदासम्म टोलीले ६७ रन बनाएको छ भने एलेक्स केरीले १९ र मिचेल स्टार्कले ६ रन बनाएर नटआउट फर्किएका थिए । भारतका लागि जसप्रित बुमराहले ४ र मोहम्मद सिराजले २ विकेट लिए ।

भारतीय टोलीको सुरुवात खराब रह्यो । टोलीले ७३ रन बनाएर ६ विकेट गुमाएको थियो । यशस्वी जैसवाल र देवदत्त पडिक्कलले खाता खोल्न सकेनन् । विराट कोहली ५ रन, ध्रुव जुरेल ११ रन र वासिङ्टन सुन्दर ४ रन बनाएर आउट भए ।

डेब्यु खेलेका नितिश रेड्डीले ४१ रन (५९ बल) र विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले ७८ बलमा ३७ रन बनाए । यी दुईबीच सातौं विकेटका लागि ४८ रनको साझेदारी भयो ।

केएल राहुलले ७४ बलमा २६ रनको योगदान दिए । अष्ट्रेलियाका जोस हेजलउडले ४ विकेट लिए । प्याट कमिन्स, मिचेल मार्स र मिचेल स्टार्कले २–२ विकेट लिए ।

अष्ट्रेलियाका लागि पहिलो दिनको पहिलो इनिङ्समा ट्राभिस हेडले ११, नाथन म्याकस्विनीले १०, उस्मान ख्वाजाले ८, मिचेल मार्सले ६, प्याट कमिन्सले ३ र मार्नस लाबुसचेनले २ रन बनाएका थिए । स्टिभ स्मिथले खाता खोल्न सकेनन् । भारतबाट हालसम्म जसप्रित बुमराहले ४ विकेट र मोहम्मद सिराजले २ विकेट लिएका छन् । हर्षित राणाले १ विकेट लिए ।