२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday
Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय



अ+ अ-

एजेन्सी । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरुप फ्रान्स, जर्मनी लगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू गरेको विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले चीनले २५ वटा देशहरूसँग पूर्ण भिसा छुट प्राप्त गरेका बताउनु भएको छ ।

मन्त्रालयले सन् २०२३ डिसेम्बर–१ देखि फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका साधारण पासपोर्ट धारीको लागि एकपक्षीय भिसा–मुक्त प्रवेश परीक्षणको घोषणा गरेको हो ।

यस नीति अन्तर्गत योग्य व्यक्तिहरूले व्यापार, पर्यटन, पारिवारिक भ्रमणलगायतका लागि १५ दिनसम्म चीनमा रहन सक्ने छन् ।

चीनले आफ्ना दूतावासमा भिसा आवेदन अघि अपोइन्टमेन्टको आवश्यकतालाई रद्द गर्दै फिंगरप्रिन्ट सङ्कलनको छुट विस्तार गरी भिसा शुल्क २५ प्रतिशतले घटाएको टोङले बताउनु भएको छ ।

सन् २०२४ को तेस्रो त्रैमासिकमा, चीनमा विदेशीद्वारा गरिएको ८.१९ मिलियन यात्राहरू रेकर्ड गरेको छ, जुन गत वर्षको समान अवधिको तुलनामा ४८.८ प्रतिशतले बढी हो । अधिकारीका अनुसार तीमध्ये ४.८९ मिलियन भिसा–मुक्त व्यवस्था मार्फत आएका थिए ।

मन्त्रालयले विशेष गरी व्यापारिक गतिविधिमा संलग्न व्यक्तिहरूका लागि सीमापार यात्रालाई सहज बनाउन भिसा–मुक्त प्रवेश नीतिलाई परिष्कृत गरी जारी राख्ने टोङले उल्लेख गर्नु भएको छ ।