२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने

रश्मिका मन्दानाको इन्गेजमेन्टको पुरानो भिडियो भाइरल

रश्मिका मन्दानाको इन्गेजमेन्टको पुरानो भिडियो भाइरल
अ अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दानाको एउटा पुरानो भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भाइरल भिडियोमा रश्मिका इन्गेजमेन्ट भएको देखिएकी छिन् । वास्तवमा यो भिडियो ८ वर्ष पुरानो हो । यस भिडियोमा उनी अभिनेता रक्षित शेट्टीसँग इन्गेजमेन्ट गरेको देखिएकी छिन् ।

इन्गेजमेन्टपछि दुवैजना आ–आफ्ना औंठी लगाएका देखिन्छन् ।

रश्मिकाले सन् २०१६ मा रक्षित शेट्टीको अपोजिट कन्नड फिल्म ‘किरिक पार्टी’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । दुवैले फिल्मको सुटिङका ​​क्रममा डेटिङ सुरु गरेका थिए र ३ जुलाई २०१७ मा इन्गेजमेन्ट गरेका थिए ।

इन्गेजमेन्टका बेला रश्मिका २१ वर्षकी थिइन् भने रक्षित शेट्टी ३४ वर्षको थिए । दुवैको उमेरमा करिब १३ वर्षको अन्तर थियो ।

रश्मिका र रक्षितको सम्बन्ध लामो समय टिक्न सकेन । एक वर्षको इन्गेजमेन्टपछि सेप्टेम्बर २०१८ मा उनीहरुको इन्गेजमेन्ट टुट्यो । उनीहरु दुबैले आफ्नो सम्बन्ध बिग्रनुको कारणबारे कहिल्यै केही बताएनन् ।

रश्मिका र रक्षितको सम्बन्ध टुट्यो तर दुवै एकअर्काको सम्पर्कमा छन् । इन्डियन एक्सप्रेससँगको कुराकानीमा रक्षितले भनेका थिए, ‘म र रश्मिका कहिलेकाहीँ एकअर्कालाई म्यासेज गछौंँ । हाम्रा कुनै पनि फिल्म रिलिज हुँदा हामी एकअर्कालाई शुभकामना दिन्छौं ।’

रश्मिकाको कामको कुरा गर्दा उनको फिल्म ‘पुष्पा २ः द रुल’ आगामी डिसेम्बर ५ मा हलमा रिलिज हुँदैछ । यस फिल्ममा अभिनेत्री पुन एक पटक श्रीवल्लीको भूमिकामा देखिनेछिन् । फिल्ममा उनीसँग साउथ सुपरस्टार अल्लु अर्जुन मुख्य भूमिकामा छन् ।