७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने !

आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने !
अ+ अ-

एजेन्सी । आईपीएलको अर्को सिजन मार्च १४ बाट सुरु हुनेछ र यसको फाइनल मे २५ मा खेलिनेछ ।

आईपीएलले बिहीबार टोलीहरूलाई पठाएको इमेलमा यो जानकारी दिएको हो । क्रिकइन्फोका अनुसार आईपीएलले आगामी तीन सिजनको ड्राफ्ट तालिका सबै टोलीलाई पठाएको छ, तर यो अन्तिम मिति हुने सम्भावना छ ।

२०२६ सिजन मार्च १५ र मे ३१ बीच खेलाइनेछ, जबकि २०२७ सिजन मार्च १४ र मे ३० बीच खेलाइनेछ।

२०२५ सिजनमा ७४ खेल हुनेछन्, जुन अघिल्लो तीन सिजन जस्तै हो । यद्यपी आईपीएल वा बीसीसीआईको तर्फबाट यसबारे कुनै आधिकारिक बयान आएको छैन ।

आईपीएलले पठाएको इमेलमा विदेशी खेलाडीले आगामी तीन सिजनका लागि आफ्नो उपलब्धि स्वीकार गरेको दाबी गरिएको छ । विदेशी खेलाडीले यो अवधिमा आफ्नो बोर्डबाट खेल्न अनुमति पाएका छन् । यसमा पाकिस्तान समावेश छैन ।

अष्ट्रेलिया क्रिकेट बोर्डले आफ्ना घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटरलाई आईपीएल २०२५ सिजन खेल्न अनुमति दिएको छ । सन् २०२६ को फेब्रुअरी–मार्चमा हुने टी–२० विश्वकपपछि अष्ट्रेलियाले पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

यो शृङ्खला मार्च १८ अघि समाप्त हुनेछ । सन् २०२७ को सिजनमा टेस्ट क्रिकेटको १५० वर्ष पूरा भएको सम्झनामा मार्चमा अस्ट्रेलिया र इङ्ल्यान्डबीच एकमात्र टेस्ट खेलिनेछ । त्यसपछि अष्ट्रेलियाका खेलाडी आईपीएलका लागि उपलब्ध हुनेछन् ।

इङ्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आईपीएलको आगामी तीन सिजनमा उपलब्ध हुने सेन्ट्रल कन्ट्रयाक्टमा समावेश खेलाडीको सूची पनि दिएको छ । तर, यो सूचीमा इङ्ल्यान्डका टेस्ट कप्तान बेन स्टोक्सको नाम भने छैन ।

श्रीलंका क्रिकेटले सन् २०२५ को सिजनका लागि आफ्ना खेलाडी पूर्ण रूपमा उपलब्ध हुने जनाएको छ । यस्तै, बंगलादेश क्रिकेट बोर्डले तीन वर्षको अवधिमा प्रत्येक खेलाडीका लागि फरक उपलब्धतासहित १३ वटा नाम पठाएको छ ।