१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली

२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले हल्लाको पछि नदौडने दल भएको बताउनुभएको छ ।

नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले नकपा एमाले विरुद्ध अनेक हल्ला चलाइए पनि नेकपा एमाले भ्रमको पछि नदौडन बताउनुभयो । ‘नेकपा एमाले कागले कान लग्यो भन्दैमा कागका पछि पछि आकाश तर्फ हेरेर कागका पछि पछि दौडन पार्टी होइन’, उहाँले भन्नुभयो ।

नेपाली जनताले ठुलो बलिदानबाट अहिलेको व्यवस्था ल्याएको बताउँदै जनता कुहिराको काग बनेर नकुद्ने ओलीले बताउनुभयो । नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पुरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पार्नुभयो । ‘नेपाली जनता भ्रममा पर्दैन’, उहाँले भन्नुभयो । एमाले सरकारमा पनि रहेको र सरकारमा रहेरै सभा गरिरहेको उहाँले बताउनुभयो । यो सरकार दशैँ पनि काट्दै भनि गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै उहाँले अहिलेको समीकरणले पुरै समय काम गर्ने ओलीले स्पष्ट पार्नुभयो । ‘२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ’, ओलीले भन्नुभयो ।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै ओलीले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको बताउनुभयो । देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उहाँले बताउनुभयो । अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने ओलीले दाबी गर्नुभयो । अहिलेको सरकार आफ्ना मानिलाई शक्तिमा पुर्याउन र अकूत सम्पत्ति कमाउन नबनेको उहाँले बताउनुभयो ।

ओलीले जसले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनाएका छन् उनीहरू आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका ओलीले बताउनुभयो । उहाँले आफू माथि औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिनुभयो । बैङ्कको ऋण तिर्नु पर्दैन भन्दै कोही कराउँदै हिँडेका बताउँदै उहाँले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउनका लागि ती शक्ति लागेका बताउनुभयो । उद्यमीलाई खेद भन्ने अभियान पनि त्यसकै लागि चलेका ओलीले दाबी गर्नुभयो । बक्यौता नउठाउने तर विद्युत् लाइन काट्ने काम पनि तिनै शक्तिले गरेका ओलीले दाबी गर्नुभयो ।

समाज र समुदायका बिच अनेक खालका विद्वेष फैलाउने काम भएका भन्दै उहाँले आलोचना गर्नुभयो । नीति अगाडि सार्न नसक्नेले गाली गलौच गर्ने, अपशब्द प्रयोग गर्ने काम गर्ने काम गरिरहेका ओलीले बताउनुभयो । ‘घृणा फैलाउने कुरा नेपाली समाजलाई स्वीकार्य छैन’, उहाँले भन्नुभयो ।

कानुन विपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने ओलीले दाबी गर्नुभयो । देशका सुशासन स्थापनाको लागि सोची, सम्झिकन नेकपा एमाले र कांग्रेस मिलेर सरकार बनाएका ओलीले स्पष्ट पार्नु भयो । ‘आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने, कुनै पनि प्रकारको ठगी सह्य हुने छैन’, उहाँले भन्नुभयो ।