६ भाद्र २०८३, शनिबार
,
Latest
काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा प्रदीप गिरीको स्मृतिमा नेपाली काँग्रेसद्वारा ‘फेलोसिप’ र निवन्ध पुरस्कार घोषणा लोकतन्त्रलाई लयमा फर्काउन र बरालिएको व्यवस्थालाई व्यवस्थित् गर्न अग्रगामी मोर्चाको हस्तक्षेपकारी भूमिका : प्रभु साह रसुवाको नयाँ ‘टुरिस्ट हब’ बन्दै भाङ्गे झरना-फोटो फिचर कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु लागुऔषधसहित तीन जना पक्राउ पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’ बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु एमालेले मानेको जबज भनेको पुँजीवाद हो- झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गर्नुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले प्रतियोगिताको सफलताको कामना गर्नुभयो । उहाँले आफू प्रधानमन्त्री भएको दोस्रो कार्यकालमा भलिबल खेललाई राष्ट्रिय खेलकुदका रुपमा घोषणा गरेको स्मरणसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, “भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गर्ने मौका मैले नै प्राप्त गरेको थिएँ, आज ६ वर्षपछि आफ्नो तेस्रो कार्यकालमा फेरि महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्न पाउँदा धेरै खुसी र गर्व महसुस गरेको छु ।”

प्रधानमन्त्री दाहालले आयोजक टोलीलाई बधाई दिँदै सहभागी राष्ट्रको नेपाल बसाइ सुखद र सफल रहोस् भन्ने शुभकामनासमेत प्रदान गर्नुभयो ।

प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, कीर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तान गरी आठ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह ‘बी’मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । उक्त प्रतियोगिता यही जेठ १४ गतेसम्म चल्नेछ ।