२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १०१.२४ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंक भन्दाबढीले गिरावट भएको छ । 

एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ६.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.२६ अंकले घटेको छ ।

बंैकिङ प्रणालीमा लगानीयोग्य रकम तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले व्याजदर वृद्धि गर्ने निर्णय गरेसँगै आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएका २२७  कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको  छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी ५.४७ प्रतिशतले गिरावट आएको छ । लगानी उपसमूहको परिसूचक ५.०३ प्रतिशत र विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी गिरावट आएको छ  ।

कारोबारमा आएका २२७ कम्पनीमध्ये आइतबार २२१ कम्पनीको शेयरमूल्यमा उच्च अंकले गिरावट आएको छ । अपर तामाकोशीको शेयरमूल्य सबैभन्दा बढी ८.३७ प्रतिशत घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.२६ प्रतिशत घटेको छ भने शिवश्री हाइड्रोपावर, विन नेपाल लघुवित्त र पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा ३२ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ । अरुण हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर र अपि पावरको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।