२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १०१.२४ अंकले ओरालो



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंक भन्दाबढीले गिरावट भएको छ । 

एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ६.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.२६ अंकले घटेको छ ।

बंैकिङ प्रणालीमा लगानीयोग्य रकम तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले व्याजदर वृद्धि गर्ने निर्णय गरेसँगै आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।

आइतबार कारोबारमा आएका २२७  कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आइतबार १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको  छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी ५.४७ प्रतिशतले गिरावट आएको छ । लगानी उपसमूहको परिसूचक ५.०३ प्रतिशत र विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी गिरावट आएको छ  ।

कारोबारमा आएका २२७ कम्पनीमध्ये आइतबार २२१ कम्पनीको शेयरमूल्यमा उच्च अंकले गिरावट आएको छ । अपर तामाकोशीको शेयरमूल्य सबैभन्दा बढी ८.३७ प्रतिशत घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.२६ प्रतिशत घटेको छ भने शिवश्री हाइड्रोपावर, विन नेपाल लघुवित्त र पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा ३२ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ । अरुण हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर र अपि पावरको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।