४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा

भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा
अ+ अ-

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनमा रहेका विभिन्न जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।

प्रारम्भिक विवरणअनुसार माथिल्लो त्रिशूली–१, रसुवागढी, मैलुङ खोला, रसुवा भोटेकोशी र लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदारको अवस्था अझै अज्ञात रहेको छ।

माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये करिब आधा नेपाली र आधा विदेशी नागरिक रहेको बताइएको छ। त्यस्तै, आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कविहीन छन्। उनीहरूमध्ये आयोजनामा कार्यरत आठ जना कोरियन नागरिक रहेका छन्।

आयोजनाका परामर्शदाता जेड कन्सल्ट तथा लामा जेभियर्स जेभीका सात जना पनि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ। आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना तथा पावरहाउस क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको पर्खाइमा रहेको बताइएको छ। आयोजनास्थलबाट पहिलो चरणको उद्धार भइसकेको भन्ने अपुष्ट सूचना पनि आएको छ।

रसुवागढी (१११ मेगावाट) जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। तिमुरेमा रहेका तीन जनाले अग्लो स्थानमा पुगेर ज्यान जोगाएको बताइएको छ। उनीहरूसँग समेत सञ्चार सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ।

मैलुङ खोला (५ मेगावाट) आयोजनाको पावरहाउसमा कार्यरत आठ जना कर्मचारी बुधबारदेखि नै सम्पर्कविहीन छन्। उनीहरूको अवस्थाबारे जानकारी लिन हेलिकप्टर व्यवस्थापन गरी स्थलगत अवलोकन गर्ने प्रयास भइरहेको छ।

त्यस्तै, रसुवा भोटेकोशी (१२० मेगावाट) आयोजनामा सिभिल कन्ट्र्याक्टर सिनो हाइड्रोका दुई जना सम्पर्कविहीन भएका छन्। पाँच जना भने नजिकैको गाउँमा शरण लिएर बसेका छन्। उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली नागरिक रहेका छन्। उनीहरूलाई हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ।

लाङटाङ खोला (२० मेगावाट) आयोजनामा बुधबार सुरुङभित्र थुनिएर सम्पर्कविहीन भएका ६० जनासँग अझै सम्पर्क स्थापित हुन सकेको छैन। उनीहरूमध्ये २५ जना स्टाफ र ३५ जना कामदार रहेका छन्। उनीहरूको अवस्था हालसम्म अज्ञात छ।

लाङटाङ खोला आयोजनामा विकासकर्ता कम्पनीका प्रतिनिधिहरू पुगेर उद्धारका लागि प्रयास अघि बढाए पनि हालसम्म हेलिकप्टरको व्यवस्था हुन नसकेको बताइएको छ।

भोटेकोशी बाढीपछि रसुवाका विभिन्न जलविद्युत आयोजना तथा निर्माणस्थलमा ठूलो मानवीय जोखिम देखिएको छ। सम्पर्कविहीनहरूको खोजी तथा उद्धारका लागि तत्काल प्रभावकारी हवाई तथा स्थलमार्गबाट उद्धार अभियान सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ।