११ भाद्र २०८३, बिहीबार
,
Latest
बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री



अ+ अ-

भारतद्वारा नेपाललाई थप ३७.५ टन मानवीय सहायता पठाइयो
काठमाडौं । भारतले बाढी प्रभावित नेपालका लागि थप ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री पठाएको छ। भारतले बिहीबार दोस्रो उडानमार्फत औषधि तथा खाद्यान्नका प्याकेटसहितको राहत सामग्री नेपाल पठाएको हो।

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो उडान ३७.५ टन मानवीय सहायता तथा विपद् राहत (एचएडीआर) सामग्री, औषधि र खाद्यान्नका प्याकेटसहित नेपालका लागि उडेको जानकारी दिएका छन्।

जयशंकरले नेपालका अधिकारीहरूसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाउँदै जारी उद्धार तथा राहत प्रयासमा भारतले निरन्तर सहयोग गर्ने बताएका छन्।

यसअघि भारतले बुधबार १० टन मानवीय सहायता तथा विपद् राहत सामग्री र अत्यावश्यक औषधि नेपाल पठाएको थियो।
नेपालमा आएको विनाशकारी बाढीपछि भारतले उद्धार तथा राहत कार्यमा सहयोग बढाउँदै थप सामग्री पठाएको हो।