३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले

प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढीप्रभावितको उद्धार र राहतको लागि तत्कालै आवश्यक पर्ने स्रोत र आवश्यतामा कमी नहुने गरी काम गरिरहेको बताउनुभएको छ ।

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले बाढीप्रभावितको उद्धार, राहत कार्यमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“अहिले यो दुई–चार दिन हामी राहत र उद्धारमा नै खटिरहेका छौँ । अलपत्र पर्नुभएका धेरै नेपाली नागरिक एवं विदेशी पर्यटकहरू सबैको उद्धार चलिरहेको छ,” उहाँले भन्नुभयो, “मौसमले साथ दिएसम्म उद्धारका गतिविधिहरू चलिरहेकै छन् ।” अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई अर्ब ३४ करोड रहेको बताउनुभयो ।

“अर्थ मन्त्रालयले गृह मन्त्रालयको लागि एक अर्ब १७ करोड विनियोजन गरिसकेको छ,” उहाँले भन्नुभयो, “हामीसँग अहिले तत्काललाई साधन, स्रोत र आर्थिक आवश्यकतामा कमी नहुने गरेर अगाडि बढ्नको लागि मन्त्रिपरिषद्को बैठकले मलाई जिम्मेवारी दिएको छ ।” अर्थमन्त्री वाग्लेले उद्धार र राहतपछि मात्रै दीर्घकालीन, मध्यकालीनरूपमा पुनर्निर्माणका कामहरू अघि बढाइने बताउनुभयो ।

प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम भने अत्यास लाग्दो रहेको बताउँदै उहाँले तथ्य र तथ्याङ्क आइसकेपछि २०७२ सालको भूकम्पमा जसरी नै पुनर्निर्माणको महाअभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले स्रोतसाधन र अन्तरराष्ट्रिय सहयोज जुटाउने काममा पनि सरकार लागिसकेको स्पष्ट पार्नुभयो । “हामीले विश्व बैंकसँग कुरा गरेर करिब रु २५ अर्ब जतिको आर्थिक सहायता जुटाएका थियौँ,” उहाँले भन्नुभयो, “चीन, भारत, जापान सरकारबाट, एसियाली विकास बैंकबाट, इन्टरनेसनल फेडरेसन अफ द रेडक्रस जेनेभाबाट तुरुन्तै सहयोगहरू आउने प्रतिबद्धता हामीले पाएपछि एउटा आत्मविश्वासका साथ हामी अगाडि बढेका छौँ ।”

अर्थमन्त्री वाग्लेले बाढीको कारणले करिब २५ वटा पक्की पुल र ७०० मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको बताउनुभयो । अर्थमन्त्री वाग्लेले सरकारले मात्रै नभएर सबै निकायसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो । “समाजका सबै पक्ष, दल, निकायहरू पुनः निर्माणको अभियानमा लाग्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।