• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेलाई निलम्बनको माग गर्दै दर्ता रिटमा कारण देखाउ आदेश जारी ★   तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि केजरीवालले भने – म देश बचाउन जेल जाँदैछु ★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास

एसी मिलानलाई पाखा लगाउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा



एजेन्सी । इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा शहरी प्रतिद्वन्द्वी इसी मिलानलाई १–० गोलले पराजित गर्दै इन्टर उपाधि नजिक पुगेको हो ।

इन्टरको जितमा एकमात्र गोल खेलको ७४ औं मिनेटमा लौटारो मार्टिनेजले गरे । यसअघि इन्टरले पहिलो लेगमा एसी मिलानकै घरेलु मैदानमा २–० ले पराजित गरेको थियो । इन्टर समग्रमा ३–० को नतिजा निकाल्दै फाइनल पुगेको हो ।

इन्टरले अब उपाधिका लागि आज राति हुने म्यान्चेस्टर सिटी र रियल मड्रिडको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जुन ११ मा टर्कीको इस्तानबुलमा हुनेछ ।