२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाको उपाधि बार्सिलोनालाई



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको खेलमा इस्पान्योललाई ४–२ गोलले हराउँदै बार्सिलोना चार खेल अगावै च्याम्पियन बनेको हो ।

इस्पान्योलको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई तथा अलेजान्ड्रो ब्लेड र जुलेस कोउन्डेले एक–एक गोल गरे । इस्पान्योलका जाभी पाउडो र जोसेलुले एक–एक गोल फर्काए ।

खेलको ११ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पाहुना टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । २० औं मिनेटमा ब्लेडले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ४० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा पहिलो हाफमै बार्सिलोना ३–० ले अघि बढ्यो ।

यस्तै, ५३ औं मिनेटमा कोउन्डेले गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए । यता, ७३ औं मिनेटमा जाभी र ९०+२ मिनेटमा जोसेलुले गोल गरेपनि उनीहरुको गोल सान्त्वना गोल हुन पुग्यो ।

बार्सिलोनाको ८५ अंक छ । उ दोस्रो स्थानको रियल मड्रिडभन्दा १४ अंकले बढी छ ।

बार्सिलोनाको यो २७ औं ला लिगा उपाधि हो । १७ वर्ष बार्सिलोनमा खेलाडीका रुपमा बिताउँदै ७ ला लिगा उपाधि जितेका प्रशिक्षक जाभी हर्नान्डेजले पहिलोपटक प्रशिक्षण सम्हालेपछि ला लिगाको उपाधि जित्न सफल रहे ।