१ पुष २०८२, मंगलवार
,
Latest
बालुवाटारमा बिरोध गर्न जाँदा मिराज समुहका दुई जना पक्राउ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ घन्टापछि हाइटेन्सन पोलबाट तल झरे माझी



अ+ अ-

विराटनगर । बिहान साढे ६ बजेदेखि हाइटेन्सन लाइनको पोलमा चढेका युवक तल ओर्लिएका छन् ।

मोरङ बुढीगंगाका गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी ५ बजेतिर पोलबाट झरेका हुन् । गाउँपालिका अध्यक्ष जितनारायण थापालगायतले फकाएपछि उनी तल झरेका हुन् ।

माझीले सडकको रिटेनिङ वालको काम गुणस्तरहीन भएको भन्दै काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका थिए । उनले गाउँपालिका अध्यक्ष थापाबाट प्रतिबद्धताको माग गरेका थिए ।

धनकुटामा भएका थापाउक्त खबर पाएर फर्किएर फकाएपछि माझीलाई तल झारिएको हो । बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवकको माग छ ।