२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा



अ+ अ-

मनिला । विश्व स्वास्थ्य संगठन र राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा गरेका छन् । झण्डै दुई वर्ष पहिले निकै संक्रामक यो रोग फिलिपिन्समा पुनः देखा परेपछि देशव्यापी पोलियो उन्मुलन अभियान चलाइएको थियो ।

दुबै राष्ट्रसंघीय संस्थाले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा फिलिपिन्सको स्वास्थ्य सेवा विभागले यस वर्षको जुन ३ देखि पोलियो रोकथाम अभियान औपचारिक रुपमा स्थगित गरेको जनाएका छन् । वक्तव्यमा भनिएको छ, “विगत १६ महिनाको अवधिमा कुनै पनि बच्चामा अथवा वातावरणमा भाइरसका अवशेष नभेटिएपछि यस्तो निर्णय गरिएको हो ।”

खोप र निगरानीका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिएपछि पोलियोका नयाँ बिरामी देखा नपरेको पनि वक्तव्यमा उल्लेख छ ।त्यसयता फिलिपिन्स सरकार सहित विश्व स्वास्थ्य संगठन, युनिसेफ र अरु साझेदारहरुले भाइरस प्रसार रोक्न राष्ट्रपति पोलियो अभियान सञ्चालन गरेका थिए । 

कोभिड–१९ का कारण ठूलो संकट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो । खासगरी, युनिसेफ र विश्व स्वास्थ्य संगठन दुबैले पोलियो रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यकर्ताको परिचालन र तालिमका लागि स्वास्थ्य सेवा विभागले लिएको अग्रसरताका लागि धन्यवाद पनि दिएका छन् । 

युनिसेफले फिलिपिन्सको स्वास्थ्य सेवा विभागका लागि खोप खरिद र ढुवानी, खोप निर्देशिका निर्माण, सामाजिक परिचालन समेतका विषयमा सहयोग गरेको थियो ।पोलियो निकै संक्रामक र घातक रोग हो र यसलाई खोप लगाएर ठिक गर्न सकिन्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिका मुख्यरुपमा जोखिममा रहन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका दुई मुलुक अफगानिस्तान र पाकिस्तानमा यो रोग अझै व्याप्त छ । (रासस–सिन्ह्वा)