५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरभित्रको सरसफाइ त सबैले गर्नुपर्छ तर के यसरी गर्नुहुन्छ ?



अ+ अ-

१) खाना खाइसकेपछि पकाउने भाँडाकुँडा साबुन अथवा सफा खरानीले माझनुहोस्। यदि सकिन्छ भने ती भाँडाकुँडालाई घाममा ओभाउन दिनुहोस्।

२) घरभित्र (बस्ने ठाउँ) सधैं सफा गर्नुहोस्। भुइँ बढार्ने र पखाल्ने गर्नुहोस्। भित्ता, खाट र टेबलकुर्सीमुनि पनि सफा गर्नुहोस्। भित्ता र भुइँमा साङ्ला, उडुस र बिच्छीजस्ता किराहरू लुक्नसक्ने प्वालहरू छन् भने टाल्नुहोस् ।

३) उपियाँ, उडुस र अन्य परजीवीहरू मास्न बिच्छयौना र लत्ताकपडा घाममा सुकाउनु होस्।

४) भुइँमा नथुक्नुहोस्। खोक्दा र हाच्छिउँ गर्दा आफ्नो नाक, मुख हात, कपडा वा रुमालले छोप्नुहोस् र त्यसपछि हात धुनुहोस्।

५) चपीमा दिसा-पिसाब गर्नुहोस् । केटाकेटीलाई पनि चपी जान सिकाउनुहोस्। यति गर्न नसके कम्तीमा पनि उनीहरूलाई दिसा-पिसाब गर्नका लागि घर र खानेपानीको स्रोतबाट टाढा पठाउनुहोस्।

(एजेन्सीको सहयोगमा)