१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रायमाझी मेरो सम्पर्कमा हुनुहुन्नः ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषिउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताउनु भयो ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले कडाइका साथ कारबाही गर्नुस् जो दोषि छन्, उपयुक्त ढंगले छानबिन गरेर कडाइका साथ कारबाही गरोस् सरकारले । र प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने यस्तो उस्तो नगरोस् । र निष्पक्ष ढंगले जो दोषि छन् तिनीहरुलाई कारबाही गरोस् र निर्दोषलाई फसाउने प्रयास पनि नगरोस् त्यो कुरा मैले उहाँलाई भने । हामी भ्रष्टाचार कसैले कुनै रुपमा गरोस्, त्यसलाई सहँदैनौँ । हाम्रो सम्पर्कमा भए त सरकारको सम्पर्कमा भइहाल्नुहुन्थ्यो नि ।’

अध्यक्ष ओलीले आरोपित एमाले सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नभएको स्पष्ट पार्नुभयो ।




भर्खरै