२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदो रहेनछ – आरजु राणा देउवा



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले आफूमाथि अनेक लान्छना लगाइने गरेको बताएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजुले आफू नभएको दिनमा समेत संसद्मा आफ्ना नाम इंगित गरेर प्रश्न उठेको गुनासो गरेकी हुन् ।

उनले भनिन् ‘नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदो रहेनछ । मिसोजनी भन्ने एउटा शब्दावली छ । जसको अर्थ हुन्छ – पुरुषले भनेको ठाउँमा मात्रै नारी बस्नुपर्ने हुन्छ । पब्लिक लाइफमा आएपछि पुरुषलाई असह्य हुने गर्छ । जसले जति क्रिटिसाइज गरेपनि बिराएको छैन, डराउँदिनँ ।’

यस्तै, उनले आफ्नो सम्पत्ति विवरण राज्यसँग सुरक्षित रहेको दाबी समेत गर्दै भनिन्, ‘हामीले सम्पत्ति विवरण बुझाउने गरेका छौँ । मेरो श्रीमान् पाँच पटक प्रधानमन्त्री भइसक्नुभएको छ । मेरो लगायत हाम्रो सम्पत्ति विवरण नेपाल सरकारसँग सुरक्षित छ । हामी सबै सांसदको सम्पत्ति विवरण मागेर वेबसाइटमा राखियोस् । जनताले थाहा पाउने गरी कसले कति सम्पत्ति कमाएको छ त्यो सबै राखियोस् ।’