१६ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ राहतका लागि सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ प्रभावकारी हुन सकेनः सांसद सुनार भोटेकोशी बाढी र जनधनको क्षतिप्रति राष्ट्रिय सभाद्वारा विशेष प्रश्ताव पारितः सांसदहरूले १५ दिनको पारिश्रमिक सहयोग… रसुवागढी बाढीको विपद्ः राष्ट्रिय एकता कायम गरी प्रभावकारी उद्धार र राहतमा जुट्न सुवेदीको आग्रह रसुवा बाढी अपडेटः मृतकको सङ्ख्या १ हजार ३ पुग्यो, करिव ४ हजार बेपत्ता पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानमन्त्रीज्यू तपाईले देखाउने भनेको फिल्म हेर्न टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस्’



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारमा मुछिएकाहरुको छानबिन गर्न एमाले एकतावद्ध हुने बताएका छन् ।

आइतबारको संसद बैठलाई सम्बोधन गर्दै गिरीले यस्तो बताएका हुन् ।

उनले भने‘जुनसुकै क्षेत्रमा भएका भ्रष्टाचार, अनियमितता छन्, कानूनलाई नियन्त्रणमा लिने विषयहरुलाई छानबिनको दायरामा ल्याउनुपर्छ । कानूनको दायरामा ल्याउनुपर्छ भन्नेमा एमाले दृढ छ । प्रधानमन्त्रीज्यूले भ्रष्टाचारका सवालमा यो ट्रेलरमात्रै हो फिल्म त आउन बाँकी नै छ भने बाहिर भन्दै हिँड्नुभएको छ । प्रधानमन्त्रीज्यू हामी फिल्म हेर्नका निम्ती आतुर छौं । हामी तपाईले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ, फिल्म देखाउनुस् ।’

प्रमुख सचेकत गिरीले अगाडि भने – ‘हामीलाई विश्वास छ, वाइडवडी घोटाला काण्ड, बाँसवारी जग्गा घोटाला, बालमन्दिर जग्गा घोटाला काण्ड, यति, ओम्नी काण्ड, लडाकु सिविरका घोटाला काण्ड, सिसिटीभी फुटेज सबै यो अधिवेशनमा गम्भीरताका साथ छलफल गरौं । यस्ता काण्डमा मुछिएकालाई एक–एक गरेर हामीले कारबाही गर्नुपर्छ । यसमा एमाले एकतावद्ध हुन्छ ।’

 




भर्खरै