५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको अवस्था जोखिमपूर्ण छ : सांसद जबरा



अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको बताउनुभएको छ ।

आईतवार पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद जबराले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने जिकिर गर्नुभयो ।

उहाँले देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा रहेर जस्तोसुकै परिस्थितिको सामना गर्न सक्षम रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार कहाँ जाने, के हुने कसैलाई थाहा छैन, कुनैपनि बेला जे पनि हुनसक्छ । तर यो बिडम्बनापूर्ण परिस्थितिमा हामी ढुक्क हुने आधार छैन । यो मुलुकमा जस्तो जे स्थिति आउँछ, राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा त्यो परिस्थितिलाई सामना गर्न तयार छ ।’

सांसद जबराले नेपालमाथि आइपर्ने समस्याको सामना गर्न राप्रपा तयार रहेको बताउनु भयो ।