२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको बहुप्रतिक्षित फिल्म ‘जवान’ सेप्टेम्बर ७ मा रिलिज हुने



अ+ अ-

एजेन्सी । शाहरुख खानको आगामी फिल्म ‘जवान’ यही वर्ष सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । शाहरुख खान र फिल्मकी निर्माता गौरी खानले सामाजिक सञ्जालमा भिडियो शेयर गरेर यो जानकारी दिएका हुन् । यस फिल्मका निर्देशक एट्ली हुन् । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ ।

जवानमा शाहरुख खानसँगै विजय सेतुपति र नयनतारा पनि देखिनेछन् । फिल्ममा विजय खलनायकको भूमिकामा छन् । यसअघि यो फिल्म जुन २ मा ठूलो पर्दामा रिलिज हुने तय भएको थियो ।

इण्डिया टुडेसँग कुरा गर्दै विजयले शाहरुख खानलाई नयनतारा र विग्नेश शिवनको विवाहमा भेटेको बताए । विवाहमा नै उनले शाहरुखलाई आफूसँग खलनायकको रुपमा काम गर्न चाहेको बताएका थिए । नयनतारा–विग्नेशको विवाह ९ जुन २०२२ मा भएको थियो ।

यसअघि जुन २०२२ मा फिल्मको टाइटल अनाउन्समेन्ट भिडियो रिलिज भएको थियो । रिपोर्टका अनुसार यो वर्ष शाहरुख खानका तीन फिल्म रिलिज हुने भएका छन् । ‘पठान’ यसअघि नै रिलिज भइसकेको छ र फिल्मले बक्स अफिसमा विभिन्न रेकर्ड तोडेको छ । पठानले ग्लोबल बक्स अफिसमा १०५० करोडको व्यापार गरिसकेको छ ।