२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको बहुप्रतिक्षित फिल्म ‘जवान’ सेप्टेम्बर ७ मा रिलिज हुने



अ+ अ-

एजेन्सी । शाहरुख खानको आगामी फिल्म ‘जवान’ यही वर्ष सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । शाहरुख खान र फिल्मकी निर्माता गौरी खानले सामाजिक सञ्जालमा भिडियो शेयर गरेर यो जानकारी दिएका हुन् । यस फिल्मका निर्देशक एट्ली हुन् । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ ।

जवानमा शाहरुख खानसँगै विजय सेतुपति र नयनतारा पनि देखिनेछन् । फिल्ममा विजय खलनायकको भूमिकामा छन् । यसअघि यो फिल्म जुन २ मा ठूलो पर्दामा रिलिज हुने तय भएको थियो ।

इण्डिया टुडेसँग कुरा गर्दै विजयले शाहरुख खानलाई नयनतारा र विग्नेश शिवनको विवाहमा भेटेको बताए । विवाहमा नै उनले शाहरुखलाई आफूसँग खलनायकको रुपमा काम गर्न चाहेको बताएका थिए । नयनतारा–विग्नेशको विवाह ९ जुन २०२२ मा भएको थियो ।

यसअघि जुन २०२२ मा फिल्मको टाइटल अनाउन्समेन्ट भिडियो रिलिज भएको थियो । रिपोर्टका अनुसार यो वर्ष शाहरुख खानका तीन फिल्म रिलिज हुने भएका छन् । ‘पठान’ यसअघि नै रिलिज भइसकेको छ र फिल्मले बक्स अफिसमा विभिन्न रेकर्ड तोडेको छ । पठानले ग्लोबल बक्स अफिसमा १०५० करोडको व्यापार गरिसकेको छ ।