१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शंकर कंडेल आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी नहोस्– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणको अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले घटनामा राजनीतिको रङ्ग नपोतियोस् भनेर सचेत रहेको भन्दै आफू सत्य, न्याय र पीडितको पक्षमा रहेको उल्लेख गर्नुभएको छ ।

कंडेलको परिवारसँग आफू निरन्तर संवादमा रहेको र प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको बताउनुभएको छ । साथै सभापति लामिछानेले आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “म जिम्मेवार जनप्रतिनिधिको भूमिका निरन्तर निर्वाह गरिरहेको छु। चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दु:खी छु। परिवारलाई सहन सक्ने शक्ति मिलोस् भनी निरन्तर प्रार्थना गरिरहेको छु।”

https://www.facebook.com/rabi.nikitalamichhane/posts/3403054696573345