३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई आर्थिक संकटबाट जोगाउन भन्सारका दररेट बदलौँ : महासचिव पोखरेल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई आर्थिक संकटबाट जोगाउन आयातमुखी नीति र भन्सारका दररेट बदल्न सरकारलाई सुझाव दिनुभएको छ ।

सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेको भन्दै उहाँले मुलुकलाई आर्थिक संकटवाट जोगाउने हो भने आयतमुखी नीति र भन्सारका दररेटलाई बदलेर उत्पादनशील क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेृ बताउनुभयो ।

‘आर्थिक संकटको समयमा केही व्यापारिक घरनाको सम्पत्ति अस्वभाविक रुपमा बढ्ने र आम जनता आर्थिक मन्दीको शिकार हुनुको कारण नीतिगत विचलनका माध्यमवाट दलाल नोकरशाही पूँजीवादको वर्चश्व कायम हुदै जानु हो’, उहाँले भन्नुभयो ।

उहाँले उत्पादनशील क्षेत्रको विकासवाट नै ठूलो संख्यामा रोजगारीका अवसर सिर्जना हुने र राष्ट्रिय अर्थतन्त्र बलियो बन्ने बताउनुभयो ।