१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व

आरोपित जोगाउन दबाब बढाउँदै राजनीतिक नेतृत्व
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन दिएर गठी गर्ने गिरोहमा राजनीतिक दलका नेताहरुकै नाम जोडिएपछि उनीहरुलाई जोगाउन शीर्ष नेताहरु सक्रिय भएका छन् । ठगी गिरोहमा संंलग्न भएको आरोपमा एमाले सचिवसमेत रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी बहालवाला सांसद पनि हुन् ।

रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनी कतै नभाग्ने भन्दै पक्राउ नगर्न घुमाउरो भाषामा दबाब दिएका थिए । अहिले रायमाझी सम्पर्कबिहीन छन् । रायमाझीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई पटक भेटिसकेका छन् । झण्डै डेढ वर्षदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश रिक्त हुँदा नियुक्ति प्रक्रिया अघि बढाउन र मुलुकका यावत् समस्यामा कुनै चासो नदिएका ओली अहिले रायमाझी जोगाउन भने सक्रिय छन् ।

अहिलेसम्म प्रहरी अनुसन्धानले ठगी गिरोहमा एमाले सचिव रायमाझी, उनका छोरा सन्दीप, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, थापा गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार रहेका इन्द्रजीत राई, उनका छोरा निरजसहितको संलग्नता देखिएको छ । सचिव पाण्डे, पूर्वसुरक्षा सल्लाकार राई, एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइसकेको छ । टोपबहादुर रायमाझी, प्रतीक थापा र निरज राईलाई अनुसन्धान दायरामा ल्याउन पक्राउ पुर्जी जारी भइसकेको छ । काठमाडौँ जिल्ला अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएका एमाले सचिव रायमाझीसहितलाई अनुसन्धानको दायरामा ल्याउन सघाउनुको साटो एमाले नेतृत्व जोगाउन सक्रिय भएको छ ।

ललितानिवास जग्गा प्रकरणमा तत्कालीन नेकपा महासचिव विष्णु पौडेल (हाल एमाले उपाध्यक्ष), कांग्रेस उपसभापति विजयकुमार गच्छेदारसहितका नेता तानिएको थिए । तर राजनीतिक नेतृत्वको बलमा पौडेलसहितका केही नेता र कर्मचारीविरुद्ध मुद्दा दायर भए पनि त्यसपछिका प्रक्रिया अघि बढ्न नसकेको अवस्था छ । ३३ किलोल सुन प्रकरणमा पनि अहिलेसम्म अनुसन्धान प्रभावकारी ढंगबाट हुन सकेको छैन ।

नेपालीलाई नक्कली भुटानी शरणार्र्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहमा एमालेसहितका दलका नेताहरुको संलग्नता देखिँदै गएपछि सत्ताको मोलमोलाई गरेर दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको आशंकालाई शनिबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको भेटले बल पुर्याएको छ । ओलीले बिहीबार पनि प्रधानमन्त्री दाहाललाई भेटेपछि रायमाझीलाई पक्राउ गर्ने कुरा रहस्यमय र षडयन्त्रपूर्ण रहेको बताएका थिए । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।