२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ– बालेन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौँ सहरका पोलहरुका अव्यवस्थित तारहरुले निम्त्याउने समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसकिने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उहाँले सहरका पोलहरुमा रहेका तारको अवस्थाले भौतिकरुपमा शहरलाई अव्यवस्थित बनाएको र आगलागीको जोखिम पनि बढाएको बताउनुभएको छ ।

गत वर्षमात्रै अव्यवस्थित तारहरुका कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक रहेको उल्लेख गर्दै उहाँले यसलाई व्यवस्थित बनाउन, एकीकृत विकासका लागि सम्बन्धित कानून बनाउन आग्रह गरेको धेरै भइसकेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “त्यसतिर कुनै सुनुवाइ नभएर हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेका थियौँ । यसबीच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरीत त्यो तार व्यवस्थापन गर्दा इन्टरनेटलगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।”

महानगर प्रमुख बालेनले आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाडौँ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ भन्दै शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि महानगर क्रियाशील रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ तर तपाइँहरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौँ ।”